महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे उनका छोरा पद्म देवकोटाले लेखेको पुस्तक सम्झनामा बुबा महाकवि देवकोटा एउटा छोराको दृष्टिमा बुबाको सूक्ष्म वीक्षण हो । आफू तोते बोल्ने समयमा पिताजीबाट पाएको लाडप्यारदेखि महाकविका अनेकौं रोचक घटना र किस्सा यसमा समेटिएका छन् ।
यस पुस्तकमा महाकविका छोराले अनुभव, अध्ययन र सुनेबुझेका आधारमा आफ्ना बुबाप्रतिको दृष्टिकोण राखेका छन् । आफू आठ वर्षको हुँदा नै बुबा गुमाउँदा पनि बालपुत्रमा बुबासँगका थुप्रै अनुभव सँगालिएका छन् । अनेक संस्मरण लेखेका भनेका पनि छन् । सालपिच्छेजसो निस्कने स्मारिका र विशेषाङ्कमा समेत देवकोटाबारे लेख-रचना छापिइरहन्छन् । तर यो पुस्तक ती सबैभन्दा पृथक् छ, जसले हामीले थाहा नपाएका प्रसङ्ग पनि उजागर गरिदिन्छ ।
यस पुस्तकले पाठकलाई महाकवि देवकोटाका केही नौला पक्षको उद्घाटन त गर्छ नै, उनकी धर्मपत्नी मनदेवीबारे पनि चर्चा गर्छ, जो हामीले सायदै सुनेका छौं; सायदै पढेका छौं । पुस्तकमा महाकविको भौतिक तथा बौद्धिक सम्पदा संरक्षणबारे पनि सत्यतथ्य प्रस्तुत गरिएको छ ।
दुनियाका महाकवि एउटा छोराको नजरमा कस्ता थिए ? यी सबै जान्न यो पुस्तक महत्त्वपूर्ण छ ।
Samjhanama Buba Mahakabi Devkota – Padma Devkota
Samjhanama Buba Mahakabi Devkota – Padma Devkota
सम्झनामा बुबा महाकवि देवकोटा– पद्य देवकोटा
₨575
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet