शिव प्रकाशकृत पहिलो उपन्यास हो, समभोक । यसमा भोक, भोग र सम्भोगको बिछट्ट संसार छ। समभोकले आप्रवासी जीवनको अर्को पाटोको अथः र इति उतारेको छ। यसलाई आख्यानको आविष्कार पनि भन्न सकिन्छ । चिरनूतन विषय, प्रयोग, झरिलो भाषा र सूक्ष्म शैलीमा विरचित यो उपन्यास हातमा लिएपछि पाठकले बिसाउने मेसो पाउँदैनन् ।
सुन्दर हरैंचा – १, मोरङमा जन्मेका शिव प्रकाश साहित्य, दर्शन र राजनीतिका समसामयिक विषयमा टिप्पणी लेखिरहन्छन् । बोस्टन (अमेरिका) मा बसोबास गरिरहेका उनका जैमली र घागी कथासङ्ग्रह अनि जय नेताजी र गोलमाल हास्यव्यङ्ग्य कवितासङ्ग्रह प्रकाशित छन् ।
भोकले साइनो बदल्छ । भोकले सम्बन्ध बदल्छ । भोकले नाम बदल्छ । भोकले काम बदल्छ । भोकले मान्छे बदल्छ । भोकले संसार बदल्छ ।
‘भोक आफैँमा कति भोको छ ? भोकभित्र कति भोक बाँचेका छन् ? कति भोक भोकै छन् ? कति भोकले भोक मेटेका छन् ? कति भोक भोकै मरेका छन् ?’
जङ्गलमा एक्लै बसेको मान्छे र शहरको एउटा कुनामा एक्लै उभिएको रूख एकै हो। समुदायको मान्छेभन्दा जङ्गलको मान्छे छिट्टै मर्न सक्छ । शहरको एक्लो रूख पनि त्यस्तै हो, मान्छेजस्तै छिट्टै ढल्न
Sambhok – Shiv Prakash
Sambhok – Shiv Prakash
साम्भोक – शिव प्रकाश
- Sambhok
- Shiv Prakash
- Shikha Books
- Nepali
- 219 pages
₨425
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
1 review for Sambhok – Shiv Prakash
Only logged in customers who have purchased this product may leave a review.
Bijay Sangroula (verified) –
समभोक – एक औसत उपन्यास ।
चिरनूतन विषय भनिए पनि समग्ररूपेण यौन र अमेरिकामा रहेका नेपालीहरुको यौन मानसिकता यसले ओकल्ने कोसिस गरेको छ । पढ्न मजा आउँछ । पुस्तक सुरु गरे पछि सक्न नै मन लाग्छ । पढिन्जेल पात्रहरूले बाँधेर राख्छन् । केही कुराहरु दार्शनिकका जस्ता पनि लाग्छन् । यसलाई लेखकको ज्ञानको सार पनि भन्न सकिएला । तर पुस्तकबाट धेरै अपेक्षा नगरेकै बेस !
समयमै उपलब्ध गराइदिएकामा Shop Ratna Online लाई हार्दिक आभार ।🙏