यति धेरै किताब, यति धेरै लेखक, तैपनि किन लेखिन्छन्, नयाँ कथाहरू ? यसको उत्तर हो- रविन्द्र केसीको कथासङ्ग्रह सम्बन्धको दोबाटो । यी २१ कथाहरू सरल छन् र छन् सहज पनि । तर, यी कथामा हाम्रो समाजका व्यथाहरू नयाँ तवरले आएका छन् । यिनमा लेखकको फरक शैली र दर्शन छन् । सायद यस्तै कुराका लागि लेखिन्छन्, नयाँ कथाहरू |
– बुद्धिसागर
विघटित हुँदै गएको समाज र दुर्घटित हुँदै गएका सम्बन्धका कारण खोतल्ने क्रममा रविन्द्र केसीले यति छरितो र मनलाई स्पर्श गर्ने कथा लेख्नुहुन्छ भन्ने मैले चिताएको थिइनँ । यसअघि सम्झना हुने गरी उहाँका रचनाहरू पढेको छु जस्तो पनि लाग्दैन । तर, यो सङ्ग्रहका कथाहरू र यसभित्रका पात्र अनि तिनका नियतिहरू भने अब सधै मेरो सम्झनामा रहिरहने छन् र मेरो मनलाई निचोरिरहने छन् । यसमा सङ्गृहीत असल कथाहरूले समयलाई सम्बोधन गरेका छन् ।
–
नयनराज पाण्डे
हुन्।
रविन्द्र केसी अनुभवजन्य तत्त्वले निर्माण भएका कथाकार हुन् । उनी जीवन भोगाइका सूक्ष्म विषयवस्तुमाथि कथा लेख्न रूचाउँछन् । उनका वाचाल पात्रहरू हामीले दैनिक जीवनमा भेटिरहेका आम मानिस उनका कथा मानवीय संवेदना र भावनाले ओतप्रोत छन् । समाजका विकृति र विसङ्गति अनि मान्छेका विरोधाभासपूर्ण मनोभावलाई उद्घाटित गर्छन् । केसीका कथाहरू वर्तमानका जिउँदाजाग्दा तस्बिरहरू हुन् ।
–
• महेशविक्रम शाह
Sambandhako Dobato – Rabindra KC
Reviews
There are no reviews yet