Shop Online For Books | Stationery | Fashion | Gift Items

Samayachakrama Keshari – Dhurba Thapa

500

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Samayachakrama Keshari (RBD) Categories: , , Tag:

ध्रुव थापा २०२० को दशकको अन्त्यदेखि नै उपन्यास लेखनमा लागेका पुराना उपन्यासकार हुन् । उनको ‘अभित्रस्त मनस्थिति २०२८ पछि समयचक्रमा केशरी’सम्म आइपुग्दा जीवन र जगत्लाई हेर्ने व्यापक दृष्टिकोण उनमा आएको छ । समयचक्रमा केशरी शीर्षकको प्रस्तुत उपन्यासले भौगर्भिक उत्खनन्‌को कथा र प्रेमलाई समानान्तर रूपमा अगाडि बढाएको छ । त्यसकारण यो उपन्यास पृथक् र विशिष्ट बनेको छ । यस उपन्यासमा मनोवैज्ञानिक सन्दर्भहरू पनि निकै आएका छन् र पात्रको मनोविश्लेषण गर्न उपन्यासकार थापा कतिपय ठाउँमा सफल पनि भएका छन् । मनोवैज्ञानिक र मनोविश्लेषणात्मक भएर आएका अनुच्छेद र वाक्यहरू बढी आलङ्कारिक र बिम्बात्मक देखिन्छन् । ‘चरी बस्यो बाँसको मुनामा छिन्छ पोते नसमाऊ तुनामा लो( कगीतले दिने प्रतीकात्मक वा बिम्बात्मक अर्थ पनि निकै सघन देखिन्छ र यस्ता वाक्य, अंश तथा पदपदावलीहरूले प्रस्तुत उपन्यासलाई शैलीगत दृष्टिले पृथक् र विशिष्ट बनाएका छन् । प्रस्तुत ‘समयचक्रमा केशरी’ उपन्यास केशरीका चरित्रका अन्तर्तहसम्म पसेर सूक्ष्म विश्लेषण गरिएको उपन्यास त हो नै, यसका साथै एउटी प्रतिभाशाली भूगर्भ वैज्ञानिक र उसका विषयगत कर्म खानीउत्खननका विषयमा आधारित उपन्यास पनि हो, जसभित्र पिएच.डी. गरेकी एउटी बौद्धिक-वैज्ञानिक नारीपात्रको मन, स्वभाव र प्रवृत्तिलाई सूक्ष्म रूपमा पढिएको छ । – प्रा. डा. लक्ष्मणप्रसाद गौतम
बबी थापा, काठमाडौँ .
Samayachakrama Keshari – Dhurba Thapa

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Chhakalai
    Chhakalai - Navin
    1 X 399 = 399
    Shop Ratna Online
    Right Menu Icon