पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाइरहेकी बबिता बस्नेत जीवनलाई यात्रासँग तुलना गर्छिन् । ‘सम्बन्धहीन सम्बन्धहरू कथा सङ्ग्रहमार्फत साहित्य क्षेत्रमा बलियो उपस्थिति जनाएकी उनले व्यवसायिक कामको सिलसिलामा विभिन्न देश भ्रमण | गर्दा देखेका र भोगेका घटना तथा संस्मरणहरूको सङ्ग्रह हो- समय साक्षी । भोगाइ र परिस्थितिअनुरूप समय कहिले जीवनका परिवेशहरूको साक्षी बन्छ, त । कहिले जीवनले साक्षी भावले समयलाई हेर्छ । यसरी हेर्दा संसारभरिका मानिसले । चाहने कुरा करिब-करिब उस्तै छन् र मानिसको जीवनमा ती कुराको अभाव छ । समय हिजो उस्तै थियो, आज उस्तै छ र भोलि पनि उस्तै नै रहनेछ, फरक छन् त केवल हाम्रा भोगाइहरू | खोटाङको सालम्बुमा जन्मिएकी बबिताका यस्तै अनुभूतिहरूको सङ्ग्रह हो- समय साक्षी। |
Samaya Sakshi – Babita Basnet
Reviews
There are no reviews yet.