“यो पुस्तक परिणामसँग सम्बन्धित अनुभवहरूको संगालो हो । यसमा सकारात्मक सोचको सिद्धान्त अनुशरण गर्ने हजारौं मानिसहरूको जीवनका रोमाञ्चक कथाहरू समाहित गरिएको छ । यसले सही सोच र व्यावहारिक धार्मिक विश्वासको प्रयोग गरी कसरी प्रभावकारी जीवन बिताउन सकिन्छ भन्ने सिकाउँदछ ।”
-नर्मन भिन्सेन्ट पील
यो प्रेरक र रोचक पुस्तकबाट तपाईं सफलता र आत्मविश्वास हासिल गर्न सक्नुहुन्छ । मानसिक शान्ति र आन्तरिक शक्ति पनि प्राप्त गर्न सक्नुहुन्छ । सकारात्मक सोचको माध्यमले तपाईं आशातित परिणाम प्राप्त गर्न सक्नुहुन्छ । सकारात्मक सोच त्यो विचार प्रक्रिया हो जसले खराबभन्दा खराब परिस्थितिहरूमा पनि उत्कृष्ट परिणामहरू खोज्छ र हासिल गर्छ ।
यस पुस्तकभित्र तपाईं निम्न कुराहरू प्राप्त गर्न सक्नुहुन्छः
• आत्मविश्वास बढाउने सूत्रहरू,
• आत्म-संशयबाट बच्ने उपायहरू,
• स्वस्थ रहने प्रभावकारी तरिकाहरू,
• लोक प्रिय बन्ने कलाहरू,
• प्रार्थना शक्तिको उपयोगका तरिकाहरू,
• आध्यात्मिक ऊर्जा प्राप्त गर्ने तरिकाहरू
प्रचुर आन्तरिक उर्जा र शक्ति हासिल गर्ने तरिकाहरू आदि ।
Sakaratmak Sochko Shakti – Norman Vincent Peale
Reviews
There are no reviews yet