बुलु मुकारुङ प्रकाशित कृति
: सिक्किम र सिक्किमका व्यक्तित्वहरू (२०५३) : सङ्गीतको प्रारम्भिक ज्ञान (२०५७)
: जापानको चक्कर (नियात्रा, २०५७)
: बाइस जँघार तरेपछि (नियात्रा, २०५७) : मीरा मूर्च्छना (सं., २०५७)
: धुनभित्रका गीतहरू (२०५८) : पुष्प-पुष्पाञ्जलि (सं., २०५८)
: सङ्गीत-आरोहण (२०५९)
: नेपाली सङ्गीतका अभियन्ता : शिवशङ्कर (सं.२०६२) : अमेरिका : कल्पना र वास्तविकता (नियात्रा, २०६६) : हाम्रो जाति हाम्रो थर (संस्कृति, २०६६)
: नेपाली सङ्गीतको अभिलेख (२०७१)
: लाप्चा जातिको सांस्कृतिक अध्ययन (२०७५) : गीत-परिशीलन (भूमिका, २०७५)
: आठपहरिया राईको सांस्कृतिक सवाई (२०८०) : प्रेम, त्याग र समर्पण (जीवनी, २०८१) : साइनो संस्कृति (२०८१)
यशोदा थुलुङ (लामा)
प्रकाशकको परिचय
भोजपुरको छिनामखु गाउँ (हाल : टेम्के मैयुङ गाउँपालिका-२) मा वि.सं. १९९९ सालमा जन्मिनुभएकी श्रीमती यशोदा थुलुङ (लामा) का आमाबाबु स्व. हाइदीपा राई (रुङमाङमा) तथा सुबेदार स्व. धौलवीर (सोङगेच्यो) थुलुङ हुनुहुन्थ्यो । यशोदा थुलुङ मेरो आदरणीय फुपूसासू हुनुहुन्छ । उस बेला नर्सिङक्षेत्रमा काम गर्ने महिलाहरू विरलै हुने अवस्थामा उहाँले हिम्मतका साथ त्यही क्षेत्रलाई रोजी चार दशकभन्दा लामो समय स्वास्थ्य क्षेत्रमा योगदान पुऱ्याउनुभयो । त्यो बेलाको सङ्घर्ष र सेवा आज हाम्रा लागि कल्पना बाहिरका कुरा हुन् । कर्मशील निरन्तरताले उहाँ हामी सबैका लागि अभिप्रेरणा, उत्साह अनि उदाहरण बन्नुभएको छ । उहाँले ‘साइनो-संस्कृति’ पुस्तक प्रकाशनको जिम्मेवारी वहन गरिदिनुभएकाले नेपाली भाषा-साहित्य तथा संस्कृतिको उत्थान- संरक्षण भएको छ । यस पुण्य कार्यका निम्ति हामी सबै परिवारजन तथा नातागोताका तर्फबाट
हार्दिक आभार अर्पण गर्दछौँ ।
बिमला राई (खोम्युङखामा) थुलुङ
Saino Sanskriti – Bulu Mukarunga
Reviews
There are no reviews yet