यस पुस्तकले नेपालमा मानव बेचबिखन र यसका आयामहरूप्रतिको परम्परागत धारणालाई प्रश्न गर्दै समयसापेक्ष परिभाषा र आम बुझाइको खाँचो औँल्याउँछ । मानव बेचबिखन यौनसँग मात्र सम्बन्धित छैनः यो कुनै व्यक्तिविरुद्धको यस्तो सामाजिक अपराध हो, जुन लैङ्गिकता, यौनिकता, आप्रवासन, आर्थिक विपन्नता, सामाजिक-सांस्कृतिक अवहेलना, श्रमको विभेद, संरचनागत शक्ति असन्तुलनले सृजना गरेको हिंसा र राज्यको अर्घेल्याइँ लगायतका अनेकौं पक्षसँग जेलिएको छ ।
यस पुस्तकले बेचबिखन जस्तो जटिल विषयमा अनुसन्धान गर्ने उपयुक्त विधि पनि सुझाएको छ, जसले बेचबिखनबाट प्रभावित व्यक्तिहरूलाई केन्द्रमा राखेर समाजशास्त्रीय- महिलावादी बहसको प्राज्ञिक पैरवी गर्छ । पुस्तकले बेचबिखन जस्तो जघन्य अपराधमा घचेटी सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक/कानुनी रूपमा बहिष्कार गरिएका र त्यसका परिणाम भोग्न बाध्य पारिएका महिलाहरूले गरेको प्रतिरोधको रणनीतिक साहसलाई मिहिन ढङ्गले विश्लेषणसमेत गर्छ !
Sahas (Mahila Bechbikhan Bahiskar ra Pratikar) – Mina Poudel
Best Seller
Sahas (Mahila Bechbikhan Bahiskar ra Pratikar) – Mina Poudel
साहस (महिला बेचबिखन बहिष्कार र प्रतिकार)– मीना पौडेल
₨550
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet