स्थानीय संस्कृतिको झल्को र यौनिक झिल्को कथाकार रत्न प्रजापतिका कथाबाट प्रायः अलग नहुने विषय हुन् । उनका कथा सामाजिक यथार्थका प्रतिबिम्ब हुन् । यौन चेतना र सूक्ष्म मनोविज्ञानदेखि राजनीतिक र सामाजिक बेथिति/ विसङ्गतिलाई उनका कथामा सुरुचिपूर्ण ढङ्गले केलाइएको पाइन्छ । मूलतः मानवीय सम्बन्ध र संवेदनालाई उनका कथाले राम्ररी पक्रेको पाइन्छ । अझ उपत्यकाको नेवारी संस्कृतिका विविध आयामलाई कथामा जोड्नु त उनको निजी विशेषता नै हो । यस्तै विशेषता बोकेका कथा हुन् रित्तो रथ लगायतका अरू धेरै कथाहरू । सरलता, शालीनता र रहज प्रवाह उनका कथाका प्रमुख विशेषता हुन् । उनका यसअघि बिसन्चो (२०६१), सेतो बादल (२०६६), बदाम बेच्ने केटी (२०७४) र स्वच्छन्द साँझ (२०७४) कथासङ्ग्रह प्रकाशित छन्। |
Ritto Ratha (Hd) – Ratna Prajapati
Reviews
There are no reviews yet