प्रेम के हो, अनि के होइन ? प्रेमका विषयमा हरेक व्यक्तिको फरक अनुभूति हुन्छ । संयोगान्त सन्दर्भमा लेखिएका प्रेम उपन्यास हुन् या वियोगान्त सन्दर्भमा लेखिएको हुन् । तिनले पाठकको मन जिते भने पाठकले भन्नेछन् ‘मेरै कथा पो रहेछ किताबमा ।’ मिलन हुँदा खुसीले नाच्ने मान्छेको यही मन बिछोड हुँदा गजधुम्म परिदिन्छ । जब मायामा विश्वास हुन्छ तब सबैतिर फूल फुलेको महसुस हुन्छ । त्यही मायामा जब स्वार्थ छिर्छ तब को आफ्नो, को पराई, चिन्न छोडिदिन्छ । आफूले चाहेका कुरा पाउनका लागि अरूको भावना निमोठ्न थाल्छ । आफ्नो स्वार्थ पूरा गर्नका लागि जे पनि गर्न सक्छ मान्छे । यस्तै संयोग र वियोगको यथार्थपूर्ण भोगाइ नै रेजा उपन्यासको मूल विषय हो ।
Reja – Ganeshbabu Adhikari
Reja – Ganeshbabu Adhikari
रेजा– गणेशबाबु अधिकारी
US$4.75
Availability: 1 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet