देवेन्द्रको यो डायरी कतार र छरछिमेकका मुलुकहरूमा काम गर्न गएका नेपालीहरूका आकाङ्क्षा र सपना, सुख र दुःख एवं पीडा र पीडामोचनका चेष्टाहरूको कथा हो । यो डायरी सापटी सूचनाहरूको आधारमा नभई नेपालीहरूले काम गर्ने थलोहरूमा घुमेर, तिनको कामको प्रकृति, कार्यथलोको वातावरण तथा तिनका अन्तरङ्ग कथा-व्यथा बुझेर र टिपेर लेखिएको प्रामाणिक एवं जीवन्त डायरी हो । यसमा भट्टराईले थुप्रै नेपाली कामदारहरूका जीवनयात्राका डोबहरूको यथार्थपरक वर्णन र चित्रण गरेका छन् । र, आफ्ना शब्दको शक्तिले तिनलाई पहिचान, आत्मबल र आत्मगौरव प्रदान गरेका छन् । यो डायरी खाडी मुलुकहरूमा नेपालीहरूले भोगे-व्यहोरेको विदीर्ण कथाको अभिव्यक्ति हो । उसो त यो नेपालीहरूका आँसु र रगतबाट नेपालतिर प्रवाहित हुने रेमिट्यान्सको दर्दनाक कथाको अभिव्यक्ति पनि हो ।
Registan Diary – Devendra Bhattarai
Reviews
There are no reviews yet