Ratna Brihat Nepali Samalochana (Prayogik Khanda) – Rajendra Subedi, Laxman P. Gautam
रत्न बृहत् नेपाली समालोचना (प्रायोगिक खण्ड) उत्तरवर्ती प्रायोगिक नेपाली समालोचनाका प्रवृत्तिहरूको समष्टि नमुना हो । नेपाली समालोचनाका अद्यतन प्रवृत्ति, गति, धार र दिशालाई प्रतिनिधित्व गर्ने मानक समालोचनाहरूको सङ्ग्रहका रूपमा यो ग्रन्थ अस्तित्वशाली देखिन्छ । प्राग्भानुभक्तीय काव्यपरम्परादेखि मिथकी विश्लेषण हुँदै उत्तरवर्ती कालखण्डसम्मका काव्य कविताको निरूपण तथा आख्यानमा उत्तरआधुनिकता, नवमनोविश्लेषण, श्यामव्यङ्ग्य, सांस्कृतिक र सीमान्तीय चेतना एवम् नेपाली नाट्यपरम्पराका मानकता र प्राचीन लेख्य परम्परादेखि उत्तरवर्ती नेपाली निबन्धसम्मको अध्ययन विश्लेषणका साथै सङ्कथन विश्लेषण र लोकाख्यानको संरचानावादी विश्लेषणसम्मका प्रायोगिक नमुनाहरूको विद्यमानता यस ग्रन्थमा छ। |
Reviews
There are no reviews yet