प्रा.डा. जगब चौहानले मस्कोस्थित प्याट्रिस लुमुम्बा पिपुल्स फ्रेण्डसिप युनिभर्सिटीबाट रूसी भाषा-साहित्य ( रसियन फिलोलोजी) मा एमए, पिएचडी गर्नुभएको छ । मस्कोबाटै पत्रकारिता र अनुवादमा डिप्लोमा गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एमए गर्नुभएको छ ।
उहाँले सुरूमा गोरखापत्रको समाचार शाखामा सम्पादक भएर काम गर्नुभयो । त्यसपछि विश्वभाषा क्याम्पसमा रूसी भाषा शिक्षकको रूपमा काम गर्नुभयो भने सोभियत सांस्कृतिक केन्द्रमा वरिष्ठ प्रशासक एवं अनुवादकको रूपमा पनि काम गर्नुभयो । काठमाडौँ विश्वविद्यालयमा स्थापनाकालदेखि नै प्राध्यापनमा संलग्न भएर भाषा तथा आमसञ्चार विभागको संस्थापक अध्यक्ष, विद्यार्थी कल्याण परिषद्का निर्देशक र कला संकायका एसोसिएट डिन हुँदै अवकाश प्राप्त चौहान केही समय सोही विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा आबद्ध हुनुभयो ।
नेपाल-रूस साहित्य समाजका पूर्व अध्यक्ष रहनु भएका चौहान रूसी भाषासाहित्यका विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनु भएको छ । उहाँ राष्ट्रहरूबीच जनस्तरको कूटनीतिक तथा अन्तरसांस्कृतिक सम्बन्धको दिगो विकासमा साहित्यानुवादको भूमिकामा चासो राख्नुहुन्छ ।
उहाँका युरेशियाका कविता (अनुवाद), रसियाको गहिराइमा र अन्य कथाहरू (अनुवाद), मत्सिरी (अनुवाद), पुश्किन र त्युत्चेभका कविता (अनुवाद), नीलो नीलो आकाश र दुई थोपा आँसु (सहलेखन), सम्झनामा रूस (सहलेखन), सन्दर्भ र भूमिका सहित रूसी साहित्यका दर्जनौँ अनूदित रचना, संस्मरण, अनुसन्धानात्मक लेख तथा सम्पादित कृतिहरू प्रकाशित छन् ।
हाल उहाँ रूसी महासङ्घका लागि आवासीय नेपाली राजदूत हुनुहुन्छ ।
Rasiyaiko Gahiraima ra Anya Kathaharu – Jangab Chauhan
Rasiyaiko Gahiraima ra Anya Kathaharu – Jangab Chauhan
रसियाको गहिराइमा र अन्य कथाहरू– जङ्गव चौहान
₨595
Availability: 2 in stock
SKU: Rasiyaiko Gahiraima ra Anya Kathaharu
Categories: Books, Nepali Books / Stories
Tag: Stories-Nepali
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet