Rajnitisangai Rajkaj – Rabindra Mishra (bestseller) |
नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने पुस्तक हो , राजनीतिसँगै राजकाज | नेताहरूले राजनीति धेरै जाने तर राजकाज जानेनन् भन्ने पुस्तकको निष्कर्षसँग मेरो सहमति छ । सफल राजकाजका विश्वव्यापी उदाहरण केलाउँदा पनि मिश्रले अत्यावश्यक ठानेका पञ्च गुण ( इमानदारी , क्षमता , सामान्य सुझबुझ , विचार र दूरदृष्टि ) को विशिष्ट महत्त्व छ । पुस्तकको मूल निबन्ध ‘ कल्याणकारी लोकतन्त्रको प्रस्तावना नवीन विचार मात्र नभएर नेपालका लागि उदार कल्याणकारी राज्य , गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ राजनीतिक दस्तावेज पनि हो । सदा झै मिश्रको लेखनमा विचार , तथ्य र भावनाको बलियो सम्मिश्रण छ । – डा . स्वर्णिम वाग्ले वरिष्ठ सल्लाहकार , युएनडिपी मुख्यालय , न्युयोर्क पूर्वउपाध्यक्ष , राष्ट्रिय योजना आयोग
Reviews
There are no reviews yet