यो पुस्तक राजा पृथ्वीनारायण शाहलाई वि.सं. १८२९ मा चौदण्डी राज्यसहित पूर्व विजय गर्न आग्रह गर्ने मात्रै होइन बिजयपछि सैनिकहरूलाई तलब बाँड्न दस हजार ५१ रुपैयाँ सापटी दिने खार्पाली ब्राह्मण हरिनन्दन पोखरेलको इतिहास र तिनका वंशजको सङ्घर्ष-गाथा हो । पुस्तकमा एउटा रैतीका परिवारले भोगेको कहरका कुरासँगै तत्कालीन समाज र संस्कृतिबारेका थुप्रै रोचक प्रसङ्ग छन् । झापाको सुरूङ्गाजस्तो राजनीतिक रूपमा सचेत ठाउँबाट लगातार चारपटक प्रधानपञ्च निर्वाचित गणेशप्रसाद पोखरेलको यो पुस्तकमा त्यो कालखण्डको सग्लो तस्बिर पनि छ । सामान्य साक्षर भएर पनि यति अथाह ज्ञान ! पृथ्वीनारायण शाहलाई त्यो बेलै त्यतिका रुपियाँ सापटी दिने परिवारमाथि पनि त्यति धेरै हण्डर ! यो पुस्तकका हरेक पानाले यहाँलाई पक्कै चकित पार्नेछ । |
Raitiko Itihas – Ganesha Prasad Pokharel
Reviews
There are no reviews yet