Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Raithane Chadbad Ra Khanpan – Narayan Ghimire
NPR525.00
Availability: 5 in stock
क्यानडामा खाद्य तथा औषधीविज्ञका रूपमा कार्यरत नारायण घिमिरे आयुर्वेदिक औषधीको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनःसंयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता हुन् । वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुणको संयोजन गरी हिलिङ फुड निर्माणमा उनले विज्ञता प्राप्त गरेका छन् । उनी गाँजा, हर्बल र हिलिङ फुडको हाताहाती विकासका लागि इनोभेसनका सन्दर्भमा नियमित लेख लेखिरहन्छन् । वेद र विज्ञान, वैदिक भेला, वेद टक आदिमा विशेष चासो राख्ने घिमिरे क्यानडा निवासी प्रवासी नेपाली हुन्। हरेक व्यावहारिक पद्धतिको स्थापना प्राकृतिक नियमको सिद्धान्तमा आधारित रहेर बनेको हुन्छ। उक्त व्यावहारिक सिद्धान्त स्थापित हुनु पछाडिको प्राकृतिक सिद्धान्त बुझ्न भने वैज्ञानिक खोजले सहज तुल्याउँछ। परम्परागत रूपमा नेपाली खाद्य तथा औषधीका रूपमा स्थापित सार तत्त्व र जीवन पद्धति आधारित रहेको प्राकृतिक नियमको सिद्धान्त बारे घिमिरे दशकौंदेखि लागिपरेका छन् । आफ्नो अध्ययन र अनुसन्धानको क्रममा घिमिरेले भेटेका तथ्यहरू समाजमा पुयाउने अभियान अन्तर्गत विभिन्न पुस्तकहरू लेखिएको छ। उनका नेपालमा गाँजा र नेपाली रैथाने जडीबटी प्रकाशित छन् । अनुसन्धानका क्रममा भविष्यमा उजागर भएका अन्य तथ्यहरू घिमिरेका अन्य पुस्तकमा क्रमशः समेटिँदै जानेछन्। |
Raithane Chadbad Ra Khanpan – Narayan Ghimire
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.