दशैं Offer

Prithivi Narayan Shah (Alochanatmak Itihas) – Rajkumar Dikpal

पृथ्वीनारायण शाहः आलोचनात्मक इतिहास – राजकुमार दिक्पाल

415

Availability: 5 in stock

SKU: Prithivi Narayan Shah (Alochanatmak Itihas) - Rajkumar Dikpal Categories: , Tags: ,

नेपालको इतिहासमा सर्वाधिक अभिशप्त, राजा पृथ्वीनारायण शाह । प्रशंसकबाट दैवीकरण र प्रत्युत्तरमा दानवीकरण हुनुले पृथ्वीनारायण शाहको सही मूल्याङ्कन हुँदैन । इतिहासको एक चरित्रलाई इतिहासको एक अध्यायको रूपमा बुझ्न नसक्नु दृष्टिदोष हो भने यही दोषले उनी अभिशप्त हुन पुगे ।
पृथ्वीनारायण शाह नहुँदो हो, नेपाल र नेपाली नै नहुने अभिव्यक्ति इतिहाससम्मत होइन । उनीभन्दा दुई हजार वर्षअगि नै नेपाल र नेपाली थियो । ऐतिहासिक प्रवाह । प्रवाहित थियो । बरु यो पक्का हो, उनले गोरखालगायत ठुलो भूभाग तत्कालीन नेपालमा गाभ्न ल्याएर आफू र अरूलाई पनि नेपाली बनाए । तबैदेखिको समयलाई आधुनिक नेपाल भन्ने गरिएको छ । यो उनको योगदान हो ।
तत्कालीन गोरखा राज्य सानो र हरेक दृष्टिले कमजोर थियो । लमजुङलगायतका छिमेकी राज्यबाट हेपिएको र अलग्याइएको थियो । स्वतन्त्र गोरखाको अस्तित्व लमजुङलाई मान्य थिएन । यस अवस्थामा नेपालमण्डलअन्तर्गतका तीन राज्य कान्तिपुर, ललितपुर र भक्तपुरसँग सम्पर्क बढाउनु अनिवार्यजस्ते हुन पुग्यो । बढाए पनि । यस क्रममा यी तीन राज्यको कमजोरीमा डुबुल्की मारेर तीमाथि आधिपत्य पनि जमाए । उनी महत्त्वाकाङ्क्षी थिए र विजय अभियानलाई निरन्तरता दिँदै अझ पूर्वतिर हान्निए । पश्चिमतिर आफ्ना शत्रु राज्यहरूसँग ईख मार्ने अभिलाशा उत्तराधिकारीहरूबाट पूर्ण भयो । गोरखा राज्यको यो विस्तारको औचित्य स्थापना गर्न धेरैपछि प्रशंसकहरूले यसैलाई एकीकरण नाम दिएका हुन् ।
आफ्नो राज्य सबैलाई प्यारो हुन्छ । अन्य राज्यको अतिक्रमण स्वीकार्य हुँदैन । विदेशी आक्रमणका विरुद्ध प्रतिकार गर्छन् । युद्धमा ज्यादती पनि हुन्छ । युद्धकालीन त्यो ज्यादती बिर्सन सकिन्न । पछिका शासकले त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्नुपर्दथ्यो तर शाहवंशीय राज्यसत्ता युद्धउन्मादमै रत्तिए । शाहवंशीय राजतन्त्र नै अन्त्य भएर गणतन्त्रको स्थापना भइसक्दा पनि त्यो युद्धउन्माद रहिरहनुको दृष्टान्त हो, उनको गल्ती र कमजोरी तथा ज्यादतीलाई ढाकछोप तथा पीडितमाथि हेपाहा दृष्टिकोण राखिराख्नु । उनको दैवीकरण र ज्यादतीलाई उचित ठहऱ्याउँदै खाटा बसिसक्नुपर्ने घाउलाई कोतरेरै भए पनि नुनचुक हाल्दै गर्नुगरेपछि अर्को पक्षबाट दानवीकरण हुनु स्वाभाविक हो ।

र, पृथ्वीनारायण शाह प्रशंसकबाटै अभिशप्त हुन पुगे । यस अवस्थामा दुई अतिवादी धारबाट अलग्गिएर तथ्यमा आधारित भई अध्ययन गर्नुपर्दछ ।

Prithivi Narayan Shah (Alochanatmak Itihas) – Rajkumar Dikpal

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon