हाम्रो समाजको तल्लो तह, जसको कथा लेख्न वा भन्न हाम्रा लेखकहरु कि त बढी नै उत्तेजित हुन्छन् कि घिन मान्छन् । मीनराज त्यही तल्लो तहमा आफूलाई सामेल गराउँछन्, तिनैको सामाजिक, साँस्कृतिक जीवनलाई समात्छन् । उनी मानवीय संवेदनाको सूक्ष्मतम गुढता लेख्छन् । यही लेखेर आफ्नो पहिलो आख्यान “मुदिर”मै पाठकहरुका लागि “प्रिय लेखक” भइसकेका हुन् मीनराज बसन्त । दोस्रो आख्यान “पिपिरी” मा आइपुग्दा त उनी नै खँदिला र परिपक्क भएका छन् ।
हाम्रो नेपाली समाजमा प्रायः सबैको भोगाइ र जीवनको बोध साझा नै छन् । यही नेपाली समाज आफैंले मानिल्याएका जब्बर परम्पराहरुको कैदी छँदै छ र तिनै परम्पराहरुले मानिसहरुका सामन्यभन्दा सामन्य सपनाहरु, आकाङ्क्षाहरु वा इच्छाहरुमाथि कसरी हस्तक्षेप गर्छ र तिनका वेग र गतिहरुलाई कसरी निस्सार लाग्दो बनाइदिन्छ ? जीवनका भँगालाहरु कसरी फाट्छन् र कुन तहसम्मको दुर्दान्तता भोग्न बाध्य हुनुपर्छ ? यिनै प्रश्नहरुको उत्तर हो “पिपिरी” ।
I
“पिपिरी” नेपाली सापेक्षताको धुन हो, लय हो । निर्दोषिताहरुको सपाट कथा हो | संकथनका हिसाबले बाल्यकालीन आँखाबाट नियालिएको अदभुत लाग्दो दृष्टि हो । जीवनबोध हो । “पिपिरी” पढिरहँदा अतिरञ्जना वा स्वैर-कल्पनाको हावादारी “ब्ल्याक होल”को सामना गरिरहनुपर्दैन । बरु हाम्रै समयको सापेक्षमा हाम्रै दैनन्दिन भोगाइहरु वा जब्बरताहरुबाट उन्मुक्तिको तीव्र चाहना यो उपन्यासको सिधा पक्ष हो ।
Pipiri – Minraj Basant
Pipiri – Minraj Basant
पिपिरी – मीनराज बसन्त
₨450
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet