Phurlunga – Mahesha Panta

NPR295.00

Availability: 5 in stock

SKU: Phurlunga (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

मोदीखोलो र कालीगण्डकीको उत्तर-पश्चिम दोभानमा माछा मारेर र डुङ्गा तारेर गुजारा चलाउने बोटे (माझी) परिवार विस्थापनको आख्यान हो, फुर्लुङ । स्थान, भाषा, परम्परा र संस्कार विशेषका कारण यो अब्बल आञ्चलिक आख्यानमा दरिएको छ ।
गरिबको शासन आउने आशामा माओवादी विद्रोहमा सामेल पुस्ताको धूलिसात सपनामाथि आख्यानले करूण व्यङ्ग्य गरेको छ । आकारमा लघुकाया भए पनि यसले पाठकलाई सुरूआतदेखि समापनसम्म बाँधेर राख्छ । यो लोकजीवनको अध्ययनका निम्ति पनि गहकिलो खुराक हुन सक्छ ।
फलेबास, पर्वतका महेश्वर पन्तको पहिलो उपन्यास हो, फुर्लुङ । यसअघि उनका मुन्द्री र नबोल्नेहरू कथासङ्ग्रह प्रकाशित छन् । सामाजिक यथार्थमाथि हास्य र व्यङ्यको पुटसहित कथा लेख्न पन्त सिपालु छन् । उनको लेखन शिल्प सरल र सरस छ ।

Phurlunga – Mahesha Panta

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon