Shop Online For Books | Stationery | Fashion | Gift Items

Pharak – Sanu Sharma

666

Availability: 5 in stock

SKU: Pharak (RBD) Categories: , , Tags: ,
२०६० को दशकदेखि आख्यानकारका रूपमा आफ्नो उपस्थिति देखाएकी सानु शर्मा स्वदेशी तथा विदेशी परिवेशलाई आधार बनाई समाजमा लुकेका विभिन्न पक्षहरूको सूक्ष्म अध्ययन गरी आख्यान लेख्नुहुन्छ । आख्यानको क्षेत्रका आफ्नो छुट्टै पहिचान बनाउन सफल शर्माका ‘अर्धविराम’ (२०६२), ‘जीतको परिभाषा’ (२०६७), ‘अर्थ’ (२०६८) ‘विप्लवी’ (२०७४), ‘उत्सर्ग’ (२०७७) लगायतका उपन्यास प्रकाशित भइसकेका छन् । त्यस्तै ‘एकादेशमा कथासङ्ग्रह मदन पुरस्कारको २०७६ को सर्वोत्कृष्ट कृति सूचीमा समावेश भएको कथासङ्ग्रह हो ।
घटनालाई आकस्मिक मोड दिई आख्यान टुङ्ग्याउने अनौठो, नयाँ र फरक शैली लेखकका आख्यानमा पाइने विशेषता हुन् । प्रायः प्रथम पुरूष शैली र पूर्वदीप्ति शैलीमा लेख्ने उहाँका आख्यान अत्यन्त रोचक र प्रभावपूर्ण छन् । यही शैली लेखकका रूपमा चिनाउने पृथक विशेषता पनि हो ।
सानु शर्मा समकालीन पुस्ताकी पृथक आख्यानकारका रूपमा परिचित हुनुहुन्छ । मर्मस्पर्शी र बिम्बयुक्त वाक्य तथा पाठकलाई संवेदनशील बनाउने भाषाशैली उहाँका आख्यानमा पाइने विशेषता हुन् ।

Pharak – Sanu Sharma

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Asmita
    Asmita - K.R. Dahal
    1 X 580 = 580
    Shop Ratna Online
    Right Menu Icon