नेपालको युद्ध (२०५२-०६३) का सम्झनालाई अभिलेखीकरण गरिएका तीन पुस्तकमध्ये यो अन्तिम हो। २०६३ साल मङ्सिरमा प्रकाशित पहिलो पुस्तक ‘लडाइँमा जनता’ ले सर्वसाधारणमा युद्धले पारेका असरसम्बन्धी तस्बिरहरू समेटेको थियो। दोस्रो पुस्तक ‘फेरि यस्तो नहोस्’ २०६३-६४ सालमा ती तस्बिर मुलुकभर प्रदर्शन गरिँदा प्राप्त अभिव्यक्तिहरूको सङ्ग्रह थियो। यो पुस्तकचाहिँ ‘लडाइँमा जनता’ मा छापिएमध्ये केही तस्बिरका पात्रहरूले युद्धपछि जीवन कसरी गुजारिरहेका छन् भन्ने कुराको खोजबीन हो। मुटु छुने यी कथामा युद्धको पीडा मात्रै होइन, जीवन अगाडि बढाउन तिनले गर्नुपरिरहेका सङ्घर्षका सन्दर्भ पनि छन् । त्यस्तो भए पनि यहाँ समाविष्ट युद्धपीडित र तिनका परिवारका सङ्क्षिप्त जीवनीले पीडकप्रति उनीहरूमा आश्चर्यजनक रूपले उति ईख नरहेको देखाउँछन् । उनीहरू भविष्यप्रति आशावादी नजर लगाउँछन्, शान्ति र न्याय चाहन्छन् अनि आफू, आफ्ना परिवार र समुदायका आउँदा दिन राम्रो बनाउने अवसर पाइयोस् भन्ठान्छन् ।
This book is the third, and last, in a trilogy that records the memories of the Nepal conflict 1996-2006. The first book, A People War, came out in December 2006 and recorded in photographs the impact of the war on non-combatants. The second book, Never Again, was a collection of testimonies gathered during the nationwide traveling exhibition of the images in 2007-8. This book goes back to the people who appeared in some of the photographs included in A People War and finds out how they are getting on with their lives. These are heart-wrenching stories of the sorrows of war, but also of survival and resilience. After all they have been through, the victims of war and their families profiled here show an astonishing lack of bitterness. They look to the future with hope, they aspire for peace and justice. And they want the chance to build a better life for themselves, their families and their communities. |
People After War (Old And Rare) – Kundan Dixit
Reviews
There are no reviews yet.