Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Patraipatra – Susmita Rajani
NPR400.00
Availability: 5 in stock
सुस्मिता नेपाल (२०२७) र रजनी ढकाल (२०२९) एम. ए. नेपाली कक्षाका घनिष्ठ सहपाठी हुन् । विश्वविद्यालयमा अध्ययन गर्दा मात्र होइन विश्वविद्यालयमा प्राध्यापन गर्दा पनि यी घनिष्ठ साथी नै रहे । सुस्मिताको कलम चल्थ्यो कविता र आख्यानमा । रजनीको कलम चल्थ्यो कविता र गैरआख्यानमा । यी दुवैले मिलेर एउटा कृति लेख्न चाहे र रोजे पत्र साहित्यद्वारा निर्मित झन्डै चार सय पृष्ठको एउटा सिङ्गो उपन्यास ! नीलाञ्जना र निवेदिता, झट्ट सुन्दा बङ्गाली नाम लिएका तर नेपाली हावापानीमा हुर्केका दुई औपन्यासिक पात्रहरूले भोगेका अनुभव र अनुभूतिहरूलाई सशक्त रुपमा उतारेर उनीहरूले निर्माण गरे ‘पत्रैपत्र’ । चिठी नै चिठी अथवा अनुभूति नै अनुभूतिको तहैतह । सङ्घर्षपूर्ण रुपले बाँचेका अनि आआफ्नै किसिमले बग्दैबग्दै अघि बढेका दुई सुन्दर नदीहरु दोभानमा भेटिएपछि एकले अर्कालाई हार्दिकतापूर्वक बताएका सुख र दुःखका अश्रुपूर्ण कथाहरु हुन् यी पत्रहरु । ‘पत्रैपत्र’ नेपाली साहित्यको बगैंचामा देखापरेको सुन्दर र अद्वितीय कृति ! |
Patraipatra – Susmita Rajani
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.