प्याथोलोजी एवं प्याथोलोजी प्रयोगशाला चिकित्साशास्त्रका मेरूदण्ड हुन् । प्याथोलोजिस्टलाई ‘डाक्टरको पनि डाक्टर’ भनेर सम्बोधन गरिन्छ । सत्तरी प्रतिशतभन्दा बढी रोगहरूको निदान, उपचार र उपचारपछिको निगरानीको अवस्था प्याथोलोजीको रिपोर्टमा आधारित छ ।
रिपोर्टका बारेमा धेरै प्रश्न / जिज्ञासा एवं रोगको सह-सम्बन्धका बारेमा थोरै मात्र जानकारी भएको पाइन्छ । यस पुस्तकमा बिरामीहरुद्वारा बारम्बार सोधिने एवं दैनिकजसो आउने विषयहरुबारे व्यावहारिक रूपमा के कस्ता समस्या आउन सक्छन् भन्ने कुरा दैनिक अनुभवका आधारमा प्रस्ट्याउन खोजिएको छ ।
उपचारमा संलग्न चिकित्सकहरुलाई पनि रिपोर्ट मात्र नभई अन्य विषयहरु, जसले गर्दा रिपोर्टमा देखा पर्न सक्ने विचलनका बारेमा पनि पुस्तकले पर्याप्त जानकारी दिन्छ ।
यस पुस्तकले चिकित्सकलगायत ल्याब र अस्पतालमा काम गर्ने प्राविधिक, नर्सिङ स्टाफ, स्वास्थ्यप्रति सचेत सम्पूर्ण जनसमुदायहरुका लागि सही रिपोर्टको महत्त्व बुझ्नलाई मद्दत गर्नेछ । साथै, प्रयोगशालामा हुने र रिपोर्ट तयार गर्दा पर्न सक्ने समस्याहरुका बारेमा बुझ्नलाई पनि मद्दत गर्नेछ ।
डा. केयूर गौतम एक उत्साही प्याथोलोजिस्ट हुन् । उनले एक दशकभन्दा लामो समयदेखि नेपाली समाजलाई अनवरत रूपमा सेवा दिँदै आइरहेका छन् । फिलिपिन्सको सेन्ट लुइस विश्वविद्यालयबाट एमबीबीएस गरेका डा. गौतमले काठमाडौँ विश्वविद्यालयअन्तर्गत कस्तुरवा मेडिकल कलेज म्याङलोरबाट प्याथोलोजीमा एम.डी. गरेका हुन् । उनले भारतको मुम्बईस्थित टाटा मेमोरियल अस्पतालबाट अङ्कोप्याथोलोजीमा विशेषज्ञता हासिल गरेका छन् ।
नेपालको पहिलो ISO 15189 मान्यताप्राप्त सम्यक डाइग्नोस्टिक प्याथोलोजी ल्याबका संस्थापक अध्यक्ष डा. गौतमले गुणस्तर र शुद्धताका लागि नेपालको प्याथोलोजी उद्यममा अग्रणी भूमिका निभाएका छन् । देशमा नयाँ प्रविधिहरु भित्र्याउन पनि उनको प्रमुख भूमिका छ । अध्ययन, अनुसन्धान र लेखनमा गहिरो प्रेम भएका डा. गौतमको यो पहिलो पुस्तक हो ।
Pathology Margadarshan – Keyoor Gautam
Pathology Margadarshan – Keyoor Gautam
पैथोलॉजी मार्गदर्शन – केयूर गौतम
₨450
Login To Backorder (Members Only)
Restock Email Notification
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet