खाँदबारी नगरपालिका ९, तुम्लिङटार, सङ्खुवासभामा वि.सं. २०१४ फागुन २२ गते जन्मनुभएका टीका मिलनले २०३१ सालदेखि साहित्य सिर्जनामा निरन्तर साधना गरिरहनुभएको छ । शिक्षक सेवाबाट अवकाश भएपछि उहाँको साहित्य सिर्जना – यात्रा अझ रफ्तारमा अगाडि बढिरहेको छ । यसअघि उहाँको ‘राजवृक्षको हाँगो कथासङ्ग्रह प्रकाशित छ । ‘पटाक्षेप’ उहाँको पहिलो उपन्यास हो ।
टीका मिलनको औपन्यासिक लेखनशैली लोभलाग्दो छ । पटाक्षेपमा टीका मिलनको औपन्यासिक कला स्पष्ट देख्न सकिन्छ । उनले यस उपन्यासलाई रोचक, रहस्यमय तथा कौतुहलमय बनाउन अनेक शिल्प र प्रविधिको प्रयोग गरेका छन् । पत्रात्मक, सिंहावलोकन वा फ्ल्यासब्याक, संस्मरणात्मक, सपना आदिको प्रयोग गरेका छन् । पाठकलाई यस उपन्यासले सुरुदेखि नै आकर्षित गर्दछ । आख्यानको विशेषता नै पाठकलाई छक्याउँदै अन्तिममा निष्कर्ष खोलिदिने हो । कथावस्तुको विन्यासकला उपन्यासमा महत्त्वपूर्ण हुन्छ । उपन्यासको आरम्भ र हरेक परिच्छेदको सुरुवात र त्यसको अन्त्य गर्ने विशेष कला हुन्छ । कथालाई अनेक तरिकाले आकर्षक रूपमा विन्यास गर्ने र उत्सुकता जगाउने कला यस उपन्यासमा भरपुर प्रयोग गरिएको छ ।
यो उपन्यास औपन्यासिक कला, शिल्प र शैलीका दृष्टिले महत्त्वपूर्ण छ । यस उपन्यासको परिक्रमापश्चात् मैले टीका मिलनमा साँच्चिकै लोभलाग्दो आख्यानकला भएको पाएँ । मिलनले यसै क्षेत्रमा साधना र श्रम गर्दा उल्लेख्य योगदान गर्न सक्ने मैले देखेको छु ।
Pataakshep – Tika Milan
Pataakshep – Tika Milan
पाटाकशेप – टीका मिलन
₨375
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet