दोस्रो दिन शारदा नदीमा आमाको दाह संस्कार भयो । एघार वाइ वर्षे म फुच्चेले आमाको मुखमा आगो राखें । जुन आमाले मलाई नौ महिना पेटमा राख्नु भयो, जुन आमाले मलाई हुर्काउनु भयो, जुन आमाले तातेताते गराउँदै हिंड्न सिकाउनु भयो र जुन आमाले आफू भोकै भएपनि मलाई पेटभरी खाना खुवाएर मेरो निद सँगै कयौं रात भोकै निदाउनु भयो, आज तिनै आमालाई शारदा नदीको किनारमा डढाएर आएँ । पे. १४१ ‘ओइ, ब्रो ! हेर हेर यो त क्या बढ्ता हुन्छ भन्या । ठोक झ्याक्नेलाई- कानमा मुन्द्रा झुण्ड्याएको र खच्चरको जस्तो चुल्ठो राखेको एउटा बन्दकर्ताले मलाई इङ्गित गर्दै अरुलाई उकास्यो। अर्को एकजनाले एक घुस्सा मुखमा हान्यो । ‘खोइ, मोटरसाइकिलको साँचो ?ले- मलाई आदेश दियो। हातमा रहेको मोटर साइकिलको साँचो खोसेर लग्यो । ‘काज क्रिया गर ब्रो- आफ्नो साथीलाई अहायो।। कन बेला हो कुनबेला एकजनाले झोलाबाट एउटा बोत्तल झिक्यो र मोटर साइकिलमा छर्कन थाल्यो। मैले हात जोड्दै भने – ‘प्लिज, मोटर साइकिललाई केही नगरिदिनुस् । खाइ नखाई जम्मा गरेको पैसाले मोटर साइकिल किनेको हुँ । यसलाई यही छोड्नुस् म चलाउदिन । होइन भने म बर्बाद हुन्छु। पे. ३०८ मैले पुनः प्रश्न गरें – ‘हिजोको घटनाबाट जुन खालको मनोवैज्ञानिक त्रास आम जनतामा परेको छ, स्कूलमा पढ्न जाने स-साना नानीहरुमा परेको छ, त्यो त्रास जीवनभरीको लागि रहन्छ । त्यसलाई हटाउने कसले ? त्यो घटनाले सिर्जना गने दीर्घकालीन मनोवैज्ञानिक त्रासबाट उन्मुक्ति कसले दिने ? त्यसको जिम्मेवारी कसले लिने ? बाटोमा रहेको रेलिङ भत्काइयो, व्यक्तिगत र सार्वजनिक भवनमा ढुङ्गा हानेर ढोक र झ्यालका सिसा तोडफोड गरिए । त्यसको लागि जिम्मेवार कसलाई बनाउने ? पे. ३१५ मैले तर्क राखें- ‘जनतालाई केही समयका लागि भ्रममा पार्न सकिएला । तर सधैभरी होइन । किनकि असत्यको उचाँई जति भए पनि सत्यको अगाडि त्यो पुडको नै हुन्छ । पे. ३२३ |
Parkhal – Govinda Prasad Kusum
Reviews
There are no reviews yet