Pariwarik Shadyantra – Chittarjan Nepali |
आधुनिककालको आगमनसँगै पारिवारिक षड्यन्त्रको चक्रव्यूहमा फस्न पुगेको नेपालको राजनीतिले पृथ्वीनारायण शाहको मृत्युपछि झन् मौलाउने मौका पायो । यसै चक्रव्यूहमा परी भीमसेन थापाजस्ता वीर सपूत तथा राजा रणबहादुर शाहले ज्यान गुमाउनुपर्यो।
पारिवारिक षड्यन्त्रकै कारण राजदरबारभित्र भएको हत्याहिंसापछि जङ्गबहादुर राणासहित राणाशासनको उदय भयो । तर जङ्गबहादुरद्वारा लागू गरिएको रोलव्यवस्थाले देशलाई विकासक्रम तिर होइन सत्ता प्राप्तिका लागि चाकडी र चाप्लुसी हावी हुन गयो । यसै परिवेशको फाइदा उठाई बृटिश साम्राज्य नेपालसँग सम्बन्ध जोड्न सफल भयो , जस्तै – गोर्खाभर्ती। यिनै घटनाक्रमलाई आधार मानेर सत्य , तथ्य र रोचक शैलीमा लेखहरूको सँगालो पाठकमाझ ल्याउने काम गर्नुभएको छ चित्तरञ्जन नेपालीले । |
Reviews
There are no reviews yet