Parcel – Jeewan Dewan Gaule

पार्सल – जीवन देवान गौले

200

Availability: 5 in stock

SKU: Parcel (RBD) Categories: , Tag:
युवाहरूले वैदेशिक रोजगारको बाटो समातेपछि क्याम्पसे जीवनमा रमाउँदै गरेकोहरूको पनि मन अडिन सकेन । सक्नेहरुले रानै देशको बाटो पहिल्याए, नसक्नेहरूले जेजस्तो देश भए पनि रोजे । नेपाल छोड्नु नै पहिलो ध्येय न थियो। तर जे जसरी नेपाल छाडे पनि नेपालभित्र हुँदा र नहुँदाको अवस्था एउटै रह्यो । दुःख, पीडा र हैरानी जताततै उस्तै रह्यो । जीवन देवान गाउँले पनि विकसित देशमा राम्रो कमाउने उद्देश्यले नेपाल छाडेका थिए । केही विकसित देशमा पाइला पनि राखे । तर विकसित देशको माटोमा झन् साह्रो पाइलापाइलामा बिझ्न पुग्यो । जब उनी मलेसिया पुगे अनि त्यही नै भविष्य देख्ने अभिलाषाले पाइला बिसाए। उनी पुगनपुग दुई दशकदेखि मलेसियामा रहँदै आएका छन् । वैदेशिक रोजगारमा पुगेपछि पहिले त रोजगारलाई नै प्रामिकता दिनुपर्ने हुन्छ । त्यसपछि मात्रै साहित्य, समाजसेवाको कुरा आउँछ । उनले साहित्य रोजे, मलेसियामा नेपालीले भोग्ने नेपाली जीवन र नेपालमा वैदेशिक रोजगारमा जानेलाई बुझ्ने बुझाईबारे केस्राकेस्रा केलाएका छन् । र, ति बुझाईलाई कथामा उन्ने कोशिष गरेका छन् । पार्सल कथा सङ्ग्रह मलेसियाली नेपाली जीवनको महत्वपूर्ण अध्ययन हो भन्दा फरक पर्दैन । बोधे धनकुटामा जन्मेका जीवन देवान गाउँलेले मलेसियामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र विश्व नेपाली साहित्य समाजका अध्यक्ष रहेर संस्थागत सेवा पनि गरिसकेका छन् । त्यसको साथै नेपाली संघसंस्थासँग नजिक रहेर पनि कथा खोज्ने ध्याउन्नमा छन् ।

Parcel – Jeewan Dewan Gaule

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon