Pani Patiya – Kanman Naresha Rai

पानी पतिया- काङ्माङ नरेश राई

499

Availability: 2 in stock

युद्ध साहित्यलाई आफ्नो ‘ब्रान्ड’ बनाइसकेका लेखक काङमाङ नरेश राई अवकाशप्राप्त बेलायती गोर्खा सेना हुन् । आधा दर्जनभन्दा बढी पुस्तकबाट युद्ध र युद्धजनित पीडा अनि अभिघातलाई कुशल ढंगले चित्रण गरिसकेका काङमाङले पानी पतियामा सरल शैलीमा गोर्खा सैनिकको इतिहास पस्केका छन् ।
नेपाली समाजमा आर्थिक दृष्टिले समृद्ध मानिने लाहुरे समुदायले गोर्खा भर्तीका क्रममा भोग्नु परेको विभेद र अन्याय नै पानी पतियाको मुख्य विषय हो । भर्ती लागेका आदिवासी जनजातिको धर्म, संस्कार र संस्कृतिमाथि लादिएको हिन्दुकरण र पानी पतियाजस्तो सांस्कृतिक विभेदजन्य इतिहासमाथि काङमाङले प्रश्न गरेका छन् । अनुभव, अनुभूति र इतिहासपरक अध्ययनको त्रिवेणी यस पुस्तकले वीर-बहादुरको छवि बनाएको गोर्खा सैनिकका अरू विमर्शयोग्य पाटातिर प्राज्ञिकहरूको ध्यानाकर्षण गराएको छ । आशा छ- यो सार्थक गैरआख्यानको सामर्थ्यले नयाँ बहस निम्त्याउनेछ ।
Pani Patiya – Kanman Naresha Rai

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon