पनौतीको इतिहासबिना नेपालमण्डलको इतिहास अधूरो छ । नेपालमण्डलको धार्मिक-सांस्कृतिक जीवनका ढुकढुकी पनौतीका जात्रापर्वमा पनि चल्छन् । नेपालमण्डलका जात्रापर्वका सास पनौतीमा पनि चल्छन् । पनौतीको मानेश्वरीको जात्राले हाँडीगाउँको मानेश्वरीलाई पनि स्मरण गराउँछ । ललितपुरको हरसिद्धि होस् वा भक्तपुरको नवदुर्गा गण, पनौतीको पवित्र भूमिमा ती देवगणले पाइला नटेक्ने हो भने ती पनि अधूरै लाग्छन् । यःमरीको उद्भवस्थल हो पाञ्चाल नगर पनौती । यसै कारण नेवा:हरूले यःमरी-पुन्हि मनाउँदा पनौतीको प्रथम-स्मरण गर्न पुग्छन् । बाह्रवर्षे मकरमेलाले त सिङ्गो नेपालमण्डलका धार्मिक- सांस्कृतिकजनलाई एउटै सांस्कृतिक-छातामुनि ल्याएर राख्ने गरेको छ । पनौतीको पहिचान मिल्ने यी केही उदाहरण मात्र हुन् । यी कुरा हामी पनौतीका सुप्रसिद्ध लेखक विद्वान् श्री सूर्य लाकोजूको प्रस्तुत नवीन पुस्तक पनौतीका केही जात्रापर्वहरूमा अनुभूत गर्न सक्दछौं । सप्रमाण पनौतीको सांस्कृतिक पहिचान दिने, सरल भाषामा यो गहन पुस्तक लेख्नुभएर लाकोजूले हाम्रालागि मात्र नभएर भोलिका पुस्तालाई समेत ठूलो गुन लगाउनुभएको छ ।
Panauti ka Kehi Jatra Parbaharu – Surya Prasad Lakoju
Panautika Kehi Jatra Parbaharu – Surya Prasad Lakoju
पनौतीको केहि जात्रा पर्वहरु – सूर्यप्रसाद लाकोजु
₨1,000
Out of stock
Restock Email Notification
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet