शुभकामना … – यस उपन्यासमा गर्न खोजिएको संघुलनलाई हेर्दा लाग्छ, उपन्यासकार मोदनाथ मोहम्मदनाथ हुन् । यसमा क्रान्ति र प्रतिक्रान्तिको दवावमा रहेको समाज अनि जातीय चेतनाले थिचेको तर त्यसबाट मुक्त हुने प्रयाशमा छट्पटिँदो पुस्ताको चित्र देख्न पाइन्छ । उपन्यासकारले भाषा र चरित्रको संघुलनबाट नयाँ समाजको सृष्टि गर्न खोजेका छन् । हुन त मानवद्वेषि, अतिबादी, साम्प्रदायिक मूल्यहरूलाई चुनौति दिने पैगम्बरा र ईश्वरको यो संघुलन आम रूपमा अनुभव गर्न कठिन हुन्छ तर समाजको भित्रि प्रवाह (अन्डर करेन्ट) मा भने त्यो तत्व जीवित हुन्छ । यो उपन्यास सत्ता-शक्तिभन्दा बाहिर परेको र सदैव जोखिममा जीवन धानिरहेको थेग्यानमा गतिशील मानिसको उदात्त प्रेम कथा पनि हो । कुनै पनि धर्मले मानिसलाई जोड्नेभन्दा तोड्ने काम गरिरहेको हुन्छ र साम्प्रदायिक फाँसीवादले दुनियाँ आक्रान्त भइरहेको छ । पैगम्बरेश्वरले त्यस्ता विनाशकारी मूल्यहरूमाथि प्रहार गरेको छ । समाजलाई बचाउने र मानवीय आदर्शको बीज जोगाइराख्ने यस्तै पात्रहरू हुन्छन् र नै यो पृथ्वी बस्न लायक हुन्छ । नेपाली समाजमा चरमपन्थी मूल्यका अवशेष विघटनको संकेत गर्नु नै यस उपन्यासको सार्थकता हो । श्यामल कलङ्की, काठमाडौँ उपन्यासकार मोदनाथ सादाकै मुखबाट यस उपन्यासको मुख्य-मुख्य अंश सुनँ । दिनहुँजसो देखिने अराजकताले हैरान भएका र शक्ति केन्द्रभन्दा पर बसेका मानिसका पक्षमा लेखिएको यो उपन्यास एकदमै रोचक लाग्यो, मार्मिक लाग्यो । यसमा उठान गरिएका बिषयवस्तु अहिलेको परिवेशमा पाठकका लागि ज्यादै मननीय छ । |
Paigambareshwor – Modnath Sada
Reviews
There are no reviews yet