कथाकार पार्वती शाहीका कथाहरू संवेगात्मक, बोधगम्य र भावप्रधान छन् । मानव जीवनका मसिना कुराहरूको छेउ समातेर सग्लो आकार दिन सक्नु उनको कथाकारिताको सबल पक्ष हो । जीवन भोगाइका अनुभव र अनुभूतिहरूलाई कथानकको रूप दिएर मिठो शैली र सरल भावमा प्रस्तुत गर्न उनी सिपालु छन् ।
पार्वतीका कथाहरूमा नारी नारी पात्र वाचाल छन् । यथास्थितिका मूल्यमान्यताप्रति विद्रोह नगरे पनि तिनमा परिवर्तनको तीव्र चाहना पाइन्छ । स्थानीयता, सामाजिक परिवेश र जनजीवनको मनोविज्ञान घनिभूत रूपमा मुखरित गर्नु कथाकार शाहीको विशिष्ट पक्ष हो ।
Pahilo Raat – Parvati Shahi
Reviews
There are no reviews yet