भनिन्छ, हरेक समाजले आफ्ना कथावाचकको उत्पादन आफैँ गर्छ । सायद, उदय प्रकाश भारतीय ग्रामीण समाजका कथा भन्नका लागि समयले छनोट गरेका कथावाचक हुन् । उनका पात्रहरू माटोबाट पैदा भएका मटमैला हुन्छन् । तर, तिनको सोच सिसाजस्तै चम्किलो हुन सक्छ । ती कुनै सिसमहलका चमकदार र बुट्टेदार चरित्र पनि हुन्छन् । तर, तिनको सोचमा दागैदागै लागेको हुन सक्छ । पात्र, परिस्थिति र घटनालाई यथार्थ र स्वैरकल्पनामा एकैपटक समानान्तर हिँडाउँदै लगेर तिनको जम्काभेट गराउने कलाले उदय प्रकाशलाई कथावाचनको उस्ताद बनाइदिएको छ । आफूले लेखेका उत्तर पढेर आफैँ दङ्ग पर्ने कुनै नौलो परीक्षार्थी जस्तो उनी पाठकलाई आफ्नो समयको हर्ष र बिस्मयको दोसाँधमा राखेर चमत्कृत बनाइरहन सक्छन् ।
पिली छतरी वाली लडकी यसकै उदाहरण हो । नेपालीमा उनका मोहनदास र नेलकटर पढेका वा हिन्दीमा उनका कथा, कविता, उपन्यास उपन्यासिका पढेका पाठकका लागि त मीनराज बसन्तद्वारा अनुदित पहेंलो छाता थप खुराक हुने नै छ, प्रथम पाठकका लागि लामो यात्राको पहिलो बिसौनीसमेत हुन सक्छ, जसले अझै हिँड्नका लागि ऊर्जा भर्ने काम गर्ने छ । यज्ञश, पत्रकार एवम् लेखक
Pahelo Chhata – Minaraj Basanta
Reviews
There are no reviews yet