पवन आलोक सकारात्मक परिवर्तनको संवाहक, नेपाली साहित्यको कर्मठ व्यक्तित्व हुनुहुन्छ । नेपाली साहित्यमा कविता, कथा, नियात्रा, निबन्ध विधामा उहाँको राम्रो योगदान रहिआएको छ । म उहाँको सर्वाङ्गीण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु । – परशु प्रधान लामो समयदेखि नेपाली भाषासाहित्यमा साधनारत नियात्राकार पवन आलोक प्रस्तुत पहाड र लमतन्न समुद्र सङ्ग्रहमा नेपालका पहाडी जिल्ला र पश्चिमी राष्ट्रका समाज र संस्कृतिलाई चित्रात्मक रूपमा उतार्न सफल हुनुभएको छ । – श्रीओम श्रेष्ठ ‘रोदन’ साहित्यकार पवन आलोकको निबन्ध र यात्रासाहित्य दुवैको अन्तर्मिश्रणबाट तयार भएको यो ‘पहाड र लमतन्न समुद्र’ कृति नियात्रासाहित्यमा केही फरकपनका साथ पाठकसामु आएको छ। स्वदेश र विदेशका विभिन्न समयका यात्रावृत्तान्त र यात्रानुभूतिहरूलाई कतै संस्मरणात्मक शैलीमा, कतै व्याख्याता-समाख्याताका शैलीमा र कतै निजात्मक अनुभूतिका नैबन्धिक शैलीमा यी नियात्राहरू प्रस्तुत भएका छन् । लेखकले आफू जहाँजहाँ डुलेका छन्, यी नियात्रा पढ्दा पाठकले आफू पनि यात्रा गरिरहेकै अनुभूति गर्छ र पाठकलाई आफूसँगै यात्रा गराउन सक्ने सामर्थ्य यस सङ्ग्रहका नियात्राहरुमा पाइन्छ । यो नै यस नियात्रासङ्ग्रह सबलता हो । – प्रा.डा. लक्ष्मणप्रसाद गौतम |
Pahad Ra Lamatnna Samundra – Pawan Alok
Reviews
There are no reviews yet