साहित्यमा दुई दशकदेखि सिर्जनशील र समर्पित नाम हो । नेपाली विषयमा स्नातकोत्तर, के. सी. का विभिन्न पत्रपत्रिकामा निरन्तर कथा, कविता, मुक्तक,
लघुकथा लगायतका रचनाहरू प्रकाशित हुँदै आएका छन् । उनको रहरले किनार हुँदा मुक्तकसङ्ग्रह प्रकाशित छ । उनी मुक्तक प्रधान पत्रिका मुक्तकसागरको सम्पादकसमेत
हुन् । प्रस्तुत कृति ओजनभित्र सङ्ग्रहित लघुकथामा हामी हाम्रै जीवन परिवेशका दृश्य परिदृश्य प्रतिबिम्बित भएको पाउँछौं । उनका कथामा सामाजिक विकृति, विसङ्गतिसँगै संवेदनाका कारुणिक चित्रण छ । पारिवारिक सम्बन्धसँगै प्रेमका तीतामिठा अनुभूतिलाई निशाले आफ्नो कथामालामा उनेकी छन् । संक्षिप्त र सूत्रात्मक रूपमा लेखिएका लघुकथाहरूमा कतै हामी आफैलाई पाउँछौ, कहीं हाम्रो देश, समाजका यथार्थ घटना दृश्य र पात्रहरू छन् । उनका केही कथाले हामीलाई रोमाञ्चित बनाउँछ भने केहीले स्तब्ध । काव्यात्मक लेखनशैली निशाको लेखन विशेषता हो । सामान्य विषयलाई पनि कलात्मक रूपमा लेख्ने कोशिश गरेकी छन् उनले ! ओजन हाम्रो जीवन, समयको तौल हो, जुन कतै भारी पनि हुनसक्छ, कतै हलुङ्गो ! विश्वास छ यो कृतिले यहाँहरूलाई लघुकथाको मिठो स्वाद सन्तुष्टि र आनन्द दिने छ ।
Ojan – Nisha K.C
Ojan – Nisha K.C
ओजन – निशा के.सी.
₨300
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet