धनराज गिरी नेपाली साहित्याकाशका उज्याला नक्षत्र हुन् । सफल शिक्षक, गजलकार, निबन्धकार र कथाकार धनराज गिरी छन्द कविता लेखनमा पनि उत्तिकै सिद्धहस्त भएको कुरा प्रस्तुत पुस्तकका कविताहरूले सिद्ध गर्छन् ।
२०१५ साल भदौ ९ गते मकवानपुरको हटिया, दाबिलेमा जन्मिएका गिरीले अर्थशास्त्रमा एम. ए. गरेका छन् । उनले जीवनका ४२ वर्ष गणित र तथ्यांकशास्त्रको प्राध्यापन गरेर बिताए । ५१ भन्दा धेरै पुरस्कार र मानसम्मानबाट सम्मानित गिरीका एकदर्जन कृतिहरू प्रकाशित भइसकेका छन् ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान (पद्मश्री) का संस्थापक उपाध्यक्ष गिरी चितवन साहित्य परिषद्का आजीवन सदस्य हुन् ।
Nirbisha – Dhanraj Giri
Nirbisha – Dhanraj Giri
निर्विषा– धनराज गिरी
US$2.99
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet