लक्ष्मी नारायण श्रेष्ठ “जोशी नेपाली भाषा साहित्यको मात्र होइन नेपाल भाषा साहित्यको समेत अध्येता हुन् भन्ने कुरा उनको नेवार जातिका थरहरू भन्ने प्रस्तुत कृतिले सावित गरेको छ । यसमा उनले नेवार जातिका धेरै भन्दा धेरै थरहरू उल्लेख गरेका छन् । यो कृति सबै थरी नेवारहरूको जातीय सांस्कृतिक सम्पत्ति बनेर आएको छ, र अरू जात जातिहरूका लागि समेत उदाहरणीय तथा अनुकरणीय बनेको छ । नेवार जातिको समस्त भावी पुस्ताले यसलाई पुख्यौली नासोका रूपमा ग्रहण गर्ने छ भन्ने कुरामा म विश्वस्त छु । – हरि कट्टेल आखिर, मानव जाति/समुदायको अस्तित्वलाई बचाइराख्ने, समृद्ध बनाउने र चलायमान तुल्याउने भाषा र संस्कृतिले नै रहेछ । त्यही भएर नै भाषा र संस्कृतिलाई मानिसको ढुकढुकी मानिँदै आयो । तर, विगतमा लामो समयसम्म एउटा भाषालाई प्रश्रय दिने र अरू भाषालाई उपेक्षा गर्ने राज्यको नीतिका कारण कतिपय भाषाले विकास हुने औसर नै पाएनन् भने कतिपय भाषा लोप नै हुन पुगे । पछिल्लो समय राज्यले सबै जाति/समुदायको भाषिक विकास र उन्नयनमा सकारात्मक भूमिका खेलेको हुँदा अब विगतको जस्तो एकतर्फी र दमनकारी व्यवहारलाई पक्षपोषण नगर्ला वा नदेखिएला भन्ने अपेक्षा सँगाल्न सकिन्छ । – विवश वस्ती |
Newar Jatiko Thar – Laxmi Narayan Joshi
Reviews
There are no reviews yet