Nepalma Manaine Chadparba Tatha Jatraharu – Dharmalal Maharjan

नेपालमा मनाइने चाडपर्व तथा जात्राहरू– धर्मलाल महर्जन

575

Availability: 5 in stock

SKU: Nepalma Manaine Chadparba Tatha Jatraharu Categories: , Tag:

सोध र खोज गरी तयार पारिएको यस पुस्तकले मानिसको जीवनशैलीमा समेत जोडिने काम गर्नेछ भन्ने मेरो विश्वास छ । चाडपर्वहरू भनेका जीवन र जगत बुझ्ने पाठशाला हुन् । चाडपर्वमा गरिने क्रियाकलाप, नाचगान, बाजा, खानपान आदिले पारिवारिक वा सामाजिक वातावरणलाई उत्सवमय बनाउँछ । यही उत्सवमय खोजलाई हाम्रो जीवन पद्दतिसँग सधै गाँसिरहन पाइयोस्, हाम्रा भावी पुस्ताले पनि यसलाई सदा अनुशरण गरिरहून् भन्ने पवित्र उद्देश्यले हाम्रो समाजमा प्रचलित अनेकौँ चाडपर्वहरूलाई एउटै कृतिमा समेटेर प्रकाशमा ल्याउने मैले जमर्को गरेको हुँ ।
हाम्रा अनमोल चाडपर्वलाई परम्पराको नाममा कर्मकाण्डी मात्र बनाउनु हुँदैन । देखासिकी, मनोरञ्जन र तडकभडकतिर लैजानु पनि हुँदैन । चाडपर्वको रचना र थालनी यसै भएको छैन । यी त भूगोल, प्रकृति, वातावरण र प्राणीसँग समेत जोडिएर आएका छन् । चाडपर्वहरू हाम्रा पुख्यौली विरासत मात्र होइनन् जीवन प्रणाली पनि हुन् ।
खासमा चाडपर्वहरू उत्सव र उमङ्गका अविरल र अजस्र श्रोत हुन् । मान्छेलाई बाँचिरहनका लागि हाँसिरहनका लागि यसले उर्जा संचयको काम गर्छ । मनमा सद्भाव र सौहार्दको भाव पैदा गर्छ । सामाजिक सम्बन्धका लागि चाडपर्वले प्रतिकात्मक सन्देश प्रवाह गरिरहेका हुन्छन् ।
पूर्वीय संस्कृति र पद्धतिले चाडपर्वलाई जीवन र जगतसँग अभिन्न रुपमा जोडेको पाइन्छ । जब याम, ऋतु, महिना बदलिन्छ कुनै न कुनै चाडपर्व आउँछ अर्थात् चाडपर्वले हामीलाई प्रकृति र पर्यावरणीय चक्रमा समाहित गराउँछ । कुन याममा कस्तो आहार खाने, कस्तो दिनचर्या अपनाउने भनेर दिशानिर्देश गर्ने भएकोले चाडपर्वहरूको महत्वमा वैज्ञानिक आधारहरू पनि छन् । नेपालमा मनाइने चाडपर्वबारे एकमुष्ठ जानकारी प्राप्त होस् र सबैलाइ चाडपर्व मनाउन प्रेरणा प्राप्त होस् भन्ने यस पुस्तकको ध्येय रहेको छ । विज्ञ पाठकहरूका सुझाव सल्लाहहरूको समेत अपक्षा राखेको
Nepalma Manaine Chadparba Tatha Jatraharu – Dharmalal Maharjan

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon