Nepalma Cable Car ko Srasta Laxman Babu Shrestha – Jayaraj Archarya, Bibes Gautam

नेपालमा केवुलकारका स्रष्टा लक्ष्मण बाबु श्रेष्ठ– जयराजथ आचार्य, विवेक गौतम

400

Availability: 5 in stock

SKU: Nepalma Cable Car ko Srasta Laxman Babu Shrestha Categories: , , Tag:

लक्ष्मण बाबु श्रेष्ठ, गोरखा जिल्ला, पोखरी थोक (हाल गोरखा नगरपालिका) मा चौबिस कोठी परिवारका प्रेम नारायण श्रेष्ठ र देव कुमारी श्रेष्ठका काहिला सुपुत्र थिए । बिकट ठाउँको सामान्य व्यापारिक परिवारमा जन्मेका उनीले धेरै परिश्रम र संघर्षका बीच उच्च शिक्षा हासिल गरी व्यापारमा एक संयोग स्वरूप प्रवेश गरेका थिए । धेरै आरोह, अवरोह पार गरी, संघर्ष साथै व्यवस्थापकीय गुण र रणनीतिका साथ एक राष्ट्रिय व्यवसायी तथा उद्यमी बने । मनकामना केवुलकार, चितवन मिल्क, उपल्लो मर्स्याङदी जलविद्युत आयोजनामा राष्ट्रहित हुने गरी लगानी गरेका उनका उदाहरणीय काम हुन् । सफल व्यवसायी, कम्पनी संस्थापक र कुशल व्यवस्थापक मात्र नभई उनी देश र जनताको हितको लागि कार्य गर्ने उद्यमीका साथै नेपालको विकासको स्वप्नद्रष्टा थिए । देशलाई आत्मनिर्भरताको बाटोमा लैजान, जनताको जीवनस्तर उकास्न कृतसंकल्प एक नवप्रवर्तक राष्ट्रप्रेमी थिए भन्ने स्पष्ट देखिन्छ । उनीलाई नेपालका प्रथम केवुलकारका संस्थापक भएकाले नेपालमा केवुलकारका स्रष्टा भन्न अनुपयुक्त नहोला ।
त्यसकारण “गोरखाली साहस’ को यो प्रेरणादायी गाथा यस जीवनीमा प्रस्तुत गरिएको छ ।

Nepalma Cable Car ko Srasta Laxman Babu Shrestha – Jayaraj Archarya, Bibes Gautam

Weight 0.4 kg
Authors

,

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon