नेपालमा शिलापत्र, ताम्रपत्र, भोजपत्र आदिमा
वंशावली, शास्त्र, दर्शन, विधि-विधान आदि अभिलेखनको इतिहास शदियौं पुरानो छ । र, पनि सबै विषय समेटेर नेपालको इतिहास लेखिएको थिएन । पछि विदेशी लेखकहरू कर्क प्याट्रिक, ह्यामिल्टन, ओल्डफील्ड, इन्द्रजी, बेन्डल, राइट, लेभी र ब्राउन आदिबाट नेपालको इतिहास लेखन शुरू भयो । त्यस पछि पण्डित अम्बिकाप्रसाद उपाध्यायले वि.सं. १९७९ मा नेपालको इतिहास र रामनगरको इतिहास’ प्रकाशित गरे । उपाध्यायको यो पुस्तक नै नेपाली इतिहासकारले लेखेको नेपालको पहिलो इतिहास हो ।
उपाध्यायले वि.सं. १९८६ मा यस पुस्तकको परिमार्जित संस्करण बाहिर ल्याए । पुस्तकले नेपाल र रामनगर (हाल विहार, भारत) को इतिवृत्तान्त मात्र समेटेको छैन, नेपाल एकीकरण अघि र पछि रामनगर कसरी तनहूँका सेन र नेपालका शाहवंशका दरसन्तान मातहत रहन गयो भन्ने रोचक सामग्री पस्केको छ ।
Nepalko Itihas ra Ramnagarko Itihas – Pandit Ambika Prasad Upadhyaya
Reviews
There are no reviews yet