Shop Online For Books | Stationery | Fashion | Gift Items

Nepalka Pracheen Abhilekh – Hariram Joshi

660

Availability: 5 in stock

SKU: Nepalka Pracheen Abhilekh (RBD) Categories: , , Tag:

Nepalka Pracheen Abhilekh – Hariram Joshi |

हिमवत्खण्डमा अमूल्य ज्ञानराशिका रूपमा छरिएका हाम्रा प्राचीन इतिहास , भाषा , साहित्य , संस्कृति , कला तथा अनेक ज्ञान – विज्ञानका क्षेत्रमा प्राचीन अभिलेखहरू अमूल्य सामग्रीको रूपमा देखा पर्दछन् । यस विषयमा केही वर्ष यतामात्र विदेशका र स्वदेशका विद्वान् अन्वेषकहरूले खोजपूर्ण सङ्कलन र सम्पादनद्वारा अनेकन् अभिलेखहरू प्रकाशमा ल्याएका छन् । यस किसिमका अभिलेखहरूको प्रकाशनले हाम्रो प्राचीन इतिहास र संस्कृतिको क्षेत्रमा विभिन्न नौला उपलब्धिहरू नौला प्रकाशको रूपमा देखा परेका छन् । यसै सन्दर्भमा यस पुस्तकले पनि अभिलेखको मूल पाठको साथमा वैज्ञानिक पद्धतिको आधारमा अभिलेखहरूको वर्गीकरण र विश्लेषण गरी तुलनात्मक अध्ययनको निमित १५ ओटा प्रमुख प्रश्न स्तम्भ बनाई विभिन्न पत्र – पत्रिका पुस्तकमा छरिएका प्राचीन अभिलेखहरूको एक ठाउँमा संगालो गरी सङ्क्षिप्त विवरण र टिप्पणी प्रस्तुत गरेको छ । यो पुस्तक विशेषतः इतिहास र संस्कृतिप्रेमी विद्वान , अन्वेषक तथा प्राचीन इतिहास र संस्कृतिका विद्यार्थीवर्गहरूको निमित्त अभिलेखसम्बन्धी प्रारम्भिक ज्ञान हासिल गर्न अत्यन्त उपयोगी सिद्ध हुनेछ , तथा अभिलेखहरूको वैज्ञानिक तरिकाले अध्ययन र अन्वेषण गर्नमा लेखाजोखा मिलाई मूल्याङ्कन गर्न मार्गप्रदर्शकको रूपमा सहायक सिद्ध हुनेछ । यस पुस्तकमा केवल नमुनाको रूपमा लिच्छविकालीन १७५ थान सीमित अभिलेखहरूको मात्र प्रस्तुतीकरण भएको छ । यी सबै काठमाडौं उपत्यका र यसका नजिकमा पाइएका शिलाभिलेखहरू हुन् , तर ती अभिलेख अङ्कित शिलाहरू कुनै सद्दे , कुनै टुटेफुटेका भएका हुनाले सङ्कलित अभिलेखहरू कुनै पूर्ण रूपमा र कुनै आंशिक रूपमा पनि देखा पर्दछन् । धेरै जसो अभिलेखहरू असुरक्षित अवस्थामा मिल्किएका तथा घामपानी , लापरबाही र समयको प्रभावलेर गर्दा तिनमा भएका अक्षरहरू अस्पष्ट पनि भैसकेका छन् । विशेषतः यस किसिमका अभिलेखहरू मन्दिरका आसपासमा चारकुनै कीर्तिस्तम्भको रूपमा , एकापट्टिमात्र अभिलेख उत्कीर्ण भएको स्मारकको रूपमा , मूर्तिहरूका पादपीठमा , पौवापाटीहरूको पेटीमा तेाइएका शिलाहरूमा देखा परेका छन् । यी अभिलेखहरूमा मुख्यतया पूर्वलिच्छवि लिपि तथा उत्तरलिच्छवि लिपिहरू छन् । यी लिपिहरूलाई लेखकले ब्राह्मी लिपिकै क्रममा राख्नु भएको छ । पुस्तकमा सम्मिलित शिलाभिलेखहरूको यथास्थिति प्रस्तुत गरिएका मूल अभिलेखहरूकै चित्र प्रतिलिपिहरूले दर्शाउने छन् । वास्तवमा हाम्रा यी छरिएका प्राचीन अभिलेखहरूमा उत्कीर्ण गरिएका लिपि , भाषा , कलात्मक मूर्ति एवं शृङ्गारिक बुट्टा तथा यी अभिलेखहरूमा उल्लेख गरिएका ऐतिहासिक वंशक्रम र घटनाहरू , शासकहरूका प्रशस्ति र चरित्रहरू , शासन व्यवस्थासम्बन्धी उल्लेखहरू , सामाजिक व्यवस्था अन्तर्गतका रीतिथितिहरू , आर्थिक व्यवस्थाअन्तर्गतका बन्देजहरू , धार्मिक परम्पराका मान्यताहरू , भूमिव्यवस्था , मुद्रा प्रचलन , व्यावसायिक कर , राज्य सीमा , स्थापत्य , मन्दिर निर्माण , मूर्तिप्रतिष्ठा , वाणिज्य व्यापार , संवत् , मितितिथिसम्बन्धी उल्लेखहरू इत्यादि इत्यादि हाम्रा प्राचीन महत्त्वपूर्ण अमूल्य निधिहरू हुन् तथा सभ्यता र संस्कृतिका प्रामाणिक सामग्रीहरू हुन् । प्रस्तुत ग्रन्थ पञ्चवर्षीय योजनाअन्तर्गत तोकिएको अवधिभित्र प्रकाश गर्न पाएकोमा नेपाल राजकीय प्रज्ञा – प्रतिष्ठान यसका सम्पादक श्री हरिराम जोशीज्यूप्रति विशेष धन्यवाद ज्ञापन गर्दछ । श्री जोशीज्यूले प्राचीन अभिलेख जस्तो गहन विषयमा एक वैज्ञानिक पद्धति अपनाई सक्षिप्त रूपले अन्वेषक र छात्रछात्राहरूको निमित्त अत्यन्त उपयोगी सिद्ध हुने गरी अथक परिश्रमद्वारा कार्य सम्पादन गरिदिनुभएको छ । अन्त्यमा यस पुस्तकलाई बढीमा बढी प्रामाणिक गर्नको निमित्त तथा अन्वेषक र छात्रछात्राहरूको निमित्त यो पुस्तक बढीमा बढी उपयोगी सिद्ध होस् भन्नाका निमित्त यसमा सम्मिलित भएका अभिलेखहरूको पाए जति चित्र प्रतिलिपिहरू समाविष्ट गरिदिएको छु । यी प्रतिलिपिहरूका अधिकांश प्रतिहरू राष्ट्रिय अभिलेखालयबाट प्राप्त भएका हुन् , केही प्रतिहरू श्री घनवज्र बज्राचार्यज्यूबाट पनि प्राप्त भएका छन् । यी प्रतिलिपिहरू उपलब्ध गर्नमा तथा यिनीहरूको क्रम मिलाउनमा श्री हेमराज शाक्यज्यूले पनि ठुलो सघाउ पुयाइदिनुभएको छ । अतः ने रा.प्र.प्र . यी सबै उपलब्धिहरूको धन्यवाद ज्ञापन गर्दछ ।
Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Ratna Folklore Series Bundle Pack
    Ratna Folklore Series Bundle Pack
    1 X 1,975 = 1,975
    Shop Ratna Online
    Right Menu Icon