Nepali Sangeetko Bikaskram – Nanohar Gopal Gurwacharya

नेपाली सङ्गीतको विकासक्रम – नानोहर गोपाल गुरवाचार्य

850

Availability: 5 in stock

SKU: Nepali Sangeetko Bikaskram (RBD) Categories: , Tag:

सहप्राध्यापक श्रीमनोहर गोपाल गुर्वाचार्य
लेखक श्रीमनोहर गोपाल गुर्वाचार्यको जन्म किलागल, काठमाडौंमा ईसा १९४९मा भएको थियो। सङ्गीतमा स्नातकोत्तर उपाधी हासिल गर्नुका साथै सेवा निवृत्तीको समयसम्म सङ्गीतको प्राध्यापनमा संलग्न हुनु भएको थियो। सेवाकालको विभिन्न उकालो ओह्रालोको क्रममा नेपालमण्डलमा नेवार सभ्यताको उदय, नेपालभाषाको उत्पति, नेवार कला संस्कृतिको संरक्षण र निरन्तरता, यस्का चुनौति र संघर्षको बिषयमा शुन्यपनको महसुस गरि बर्षौंको परिश्रम पछि यस शोधग्रन्थको श्रृजना गर्न सफल हुनु भएको छ ।
आधुनिक समयमा नेपाली सङ्गीतको एक महत्वपूर्ण विशेषता भनेको करिव १,००० बर्ष पहिले नै विश्वबाट लोप भइसकेका “जातिगान” का क्रयात्मक स्वरूप र शैलीहरु नै हुन र त्यस्ता अमूल्य साँस्कृतिक धरोहरहरु पनि संरक्षित भई हाल सम्म ब्यबहारमा आइरहेका छन । यी गीत सङ्गीत तथा शैलीहरु इपू २०० देखि ई. २००मा संस्कृत भाषामा महर्षी भरत द्वारा लिखित “नाट्यशास्त्र” मा उल्लेखित छन् । यस शोधग्रन्थमा प्राचीनं तथा मध्यकालीन नेपालका भाषाहरु नेपालभाषा, संस्कृत तथा मैथिलीमा लेखिएका ८१ वटा गीतहरुको संकलन गर्नुका साथै “भातखण्डे” स्वरलिपि पद्धतिमा लिपिबद्ध गरि अनन्त कालसम्मको लागी संरक्षित गरिएका छन् । यी प्राचीन तथा मौलिक गीतहरु ललितपुर, काठमाडौँ र भक्तपुरका भजन मण्डलहरु तथा दाफा भजन खलःहरुमा हाल सम्म पनि गाउँदै आएका छन् जस मध्ये बिगत ४०० बर्ष देखि निरन्तर रुपमा नेपाली सङ्गीत दिवस ज्येष्ठ पुर्णिमाका दिन मंगलबजार कार्तिक डबलीमा गाउँदै आएका कृष्णभक्त कबि राजा सिद्धिनरसिंह मल्लका गीतहरु पनि पर्दछन । विश्व प्रसिद्ध “चर्या नृत्य” नेपालको मौलिक रचना भएको तथ्य आठौं शताब्दिको अन्त्य तिर लेखिएको “हेबज्रतन्त्र” ग्रन्थको आधार पनि प्रस्तुत गरिएकोछ ।
आदिवासी नेवारहरूको समुदायमा प्रचलित दाफा भजन, किलागलको “दी प्याखँ”, स्वयम्भू महाचैत्यका सर्जक शान्तिकर, गुणकर तथा ऐतिहासिक पात्र पद्मसम्भवका तथ्यहरूको आधारमा नेपाली सङ्गीतको विकासक्रम खोज्ने कार्य भएकोछ । विशेष गरी लिच्छविहरुको नेपाल आगमन संगै ईसाको आठौं शताव्दि भन्दा अघिको कालखण्डसंग आबद्ध भएको तथ्य प्रस्तुत गर्नुका साथै लिच्छविकाल, मल्लकाल र शाहकालमा नेपाली सङ्गीतको बदलिँदो स्वरुप बारे चर्चा गरिएकोछ ।
बरिष्ठ संस्कृतिबिद वाङ्गमय शताब्दी पुरुष डा. श्रीसत्यमोहन जोशी तथा इतिहासबिद प्रा. डा. श्री त्रिरत्न मानन्धरज्युका भनाई अनुसार यस शोधग्रन्थले नेपाली सङ्गीत क्षेत्रमा आदिवासी नेवारहरूको आफनो अतुलनीय पहिचान र मौलिकता संरक्षणमा विशेष देनको उचित मुल्यांकन गरेकोछ। साथै यी प्रचीन र दुर्लभ गीतहरु वैज्ञानिक प्रविधिको आधारमा सरल र सुलभ पाठ्य सामग्रीको रुपमा सङ्गीतप्रेमी शिक्षार्थीहरु एवं अनुसन्धानकर्ताहरूका लागि उपलब्ध भएकोछ तथा समस्त विश्व लाभान्वित भएका छन् ।

Nepali Sangeetko Bikaskram – Nanohar Gopal Gurwacharya

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon