Nepali Khelkudko Britanta – Nabin Aryal

नेपाली खेलकुडको ब्रिटान्टा – नवीन अर्याल

625

Availability: 5 in stock

SKU: Nepali Khelkudko Britanta (RBD) Categories: , Tag:

अमेरिकी अन्तरिक्षयात्री विलियम रीड पोग २०२९ सालमा नेपाल भ्रमणमा आउँदा उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव कुमार खड्गविक्रम शाहलाई भेटे । उनले नेपाली खेलकुदको उत्थानका लागि आफूले सक्दो सहयोग गर्ने वाचासहित एउटा खाली चेकमा हस्ताक्षर गर्दै भने- ‘जति पैसा निकाल्न मन लाग्छ निकाल्नुहोस् ।’ कुमार खड्गले हाँस्दै पोगको प्रस्ताव अस्वीकार गरे ।
यस्ता अनगिन्ती घटनासमेटेर तयार पारिएको पुस्तक हो, ‘नेपाली खेलकुदको वृत्तान्त’ । जुन नेपाली खेल इतिहासको पहिलो अनुसन्धानात्मक पुस्तक पनि हो । खेलकुद साहित्य यसै पनि विश्वमा सबैभन्दा कम लेखिने विधामा पर्छ । खेलाडीहरूको विषयमा लेखिने आत्मवृत्तान्त यत्रतत्र पढ्न पाइन्छ तर खेलकुद साहित्य नगण्य मात्रामा लेखिएका छन् । त्यसैले पाठकका लागि यो पुस्तक नेपाली खेलकुदको इतिहास थाहा पाउन निकै उपयोगी सावित हुनेछ । राणाकालमा नेपाली खेलकुदको अवस्था कस्तो थियो ? २००७ सालको क्रान्तिपछि कसरी चरणबद्ध रूपमा विकास भयो ? यी सबै तथ्य पुस्तकमा समावेश छ । त्यसैले यो पुस्तकले नेपालको तत्कालीन राजनीतिक, सामाजिक र आर्थिक अवस्था झल्काउन पनि सहयोग पुऱ्याएको छ ।

Nepali Khelkudko Britanta – Nabin Aryal

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon