Shop Online For Books | Stationery | Fashion | Gift Items

Nepali Geet Sangitka Kehi Ranga Kehi Taranga – Hiranya Bhojpure

100

Availability: 5 in stock

SKU: Nepali Geet Sangitka Kehi Ranga Kehi Taranga (RBD) Categories: , , Tags: ,
सहज र सुललित गीतिकवितालाई सरस र श्रुतिमधुर साङ्गीतिक ध्वनिले सम्पन्न पार्ने तथा सुकोमल र शिष्ट गद्यप्रवाहलाई सप्तकोशीको स्वच्छन्दता प्रदान गर्ने हिरण्य भोजपुरेका कलमबाट जन्मेको नेपाली गीत – सड़ीतका केही रड़ केही तरङ्ग शीर्षक कृति दुई खण्डमा विभाजित छ ।
पहिलो खण्डमा सङीतयात्रा उपशीर्षकभित्र नेपाली लोकगीत र नेपाली आधुनिक गीतको ऐतिहासिक चर्चा पाइन्छ भने दोस्रो खण्डमा नेपाली गीतिलयको यस गतिमयतामा लेखकको वैयक्तिक संलग्नताको विनम्र विवरण अभिव्यक्त छ । गद्यशैली दुवै खण्डमा सरल, सुस्पष्ट र सजीव छ, तापनि पहिलो भाग वस्तुपरक, सूचनामूलक र ज्ञानबर्द्धक भएकाले प्रबन्धात्मक, अन्वेषणात्मक र मस्तिष्कोन्मुख हुन पुगेको छ भने दोस्रो भागमा आत्मपरकता हुनाले गायनविषयमा लेखकका आफ्नै उकालीओहालीहरूको मार्मिक चित्रण हृदयग्राही रूपले प्रस्तुत भएको छ । पहिलो खण्डले नेपाली गायनको विकासमा योगदान पुऱ्याउने व्यक्तित्व, समूह र आन्दोलनहरूका विषयमा प्रबुद्ध पाठकका धेरैजसो जिज्ञासाहरूको पूर्ति गरेको छ भने दोस्रो खण्डमा लेखक आफैं संलग्न भएका घटनाहरूको निबन्धात्मक प्रस्तुतिले यस कृतिलाई पठनीय, स्मरणीय र सङ्ग्रहणीय तुल्याएको छ । कला वा सङ्गीतका क्षेत्रमा जतिसुकै ठूलो योगदान गर्ने प्रतिभाका विषयमा पनि कलमका माध्यमबाट स्पष्टसित प्रकाशन गरेर प्रचार गरिएन भने इतिहास नै विस्मृतिमा विलीन भएर जाने कुराको चित्तबुझ्दो व्याख्या लेखकबाट भएको छ ।

Nepali Geet Sangitka Kehi Ranga Kehi Taranga – Hiranya Bhojpure

Weight 0.3 kg
Authors

Language

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon