Shop Online For Books | Stationery | Fashion | Gift Items

Nepali Communist Aandolanko Karyadisha – Parsuram Tamang

575

Availability: 5 in stock

SKU: Nepali Communist Aandolanko Karyadisha (RBD) Categories: , , Tag:

Nepali Communist Aandolanko Karyadisha – Parsuram Tamang |

वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलन , २०४६ सालको जनआन्दोलन हुँदै २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धको जगमा उठेको २०६२/०६३ को जनआन्दोलनद्वारा निरङ्कुश सामन्ती राजतन्त्रको समूल अन्त्य भएपछि एक प्रकारको क्रान्ति सम्पन्न भएको ठानिएको छ । तर , नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूको बिचमा यसलाई हेर्ने दृष्टिकोणमा थुप्रै मतान्तरहरू रहेका छन् । कतिपय राजतन्त्रको अन्त्य हुनुलाई नै जनवादी क्रान्ति आफ्नै मौलिकतामा सम्पन्न भएको मान्दछन् भने कतिपय जनवादी क्रान्ति नै आधारभूत रूपमा पूरा नभएको ठान्दछन् । त्यसैगरी कतिपय पुँजीवादी क्रान्ति सम्पन्न भइसकेकाले अब समाजवादी क्रान्ति गर्नुपर्दछ भन्दछन् भने कतिपय पार्टीहरू जनवादी क्रान्ति नै पूरा नभएकाले यही चरणबाट अगाडि बढ्नुपर्दछ भनिरहेका छन् । यससंगै कम्युनिस्ट आन्दोलनसंग जोडिएका अनगिन्ती सवालहरूका बारेमा पनि बहस जारी नै छ ।

यो पुस्तक यिनै आधारभूत सवालहरूमा केन्द्रित रहँदै अनेकौं प्रश्न एवम् जिज्ञासाहरूसंग सम्बन्धित अध्ययन र खोजका आधारमा तयार गरिएको छ । कम्युनिस्ट आन्दोलनको कार्यदिशाका बारेमा बहसहरू निरन्तर चलिरहेको भए पनि यसप्रकारको सिलसिलेवार प्रस्तुतिसहितका गहन कृतिहरू आमरूपमा कमैमात्र पाइन्छन् । साथै यस्ता बहसहरू पनि पार्टीको घेरा नाघेर आमबौद्धिक तथा श्रमिक जनसमुदायको बिचमा पुगेको पाइँदैन । तसर्थ यस आवश्यकतालाई पूरा गर्दै सामाजिक तथा अर्थ – राजनीतिक क्रान्तिका विविध आयामहरूबारे प्रशस्तै मात्रामा सामाजिक बहस हुन सघाउ पुगोस् भन्ने उद्देश्य राखेर हामीले कम्युनिस्ट आन्दोलनको कार्यदिशा ‘ नामक प्रस्तुत पुस्तक प्रकाशन गर्ने जमर्को गरेका छौं ।

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Nepali Rajneeti
    Nepali Rajneeti - Lokesh Dhakal
    1 X 300 = 300
    Shop Ratna Online
    Right Menu Icon