• सूर्यले निष्काम भावले कर्म गर्दै पृथ्वीमा रहेका सम्पूर्ण प्राणीलाई विना भेदभाव मित्रको रूपमा प्रकाशित, पालन एवं पोषण गर्दछन् ।
. शुक्ल पक्षमा चन्द्रमाको अमृतमय शीतल जलकणले लतावृक्ष आदि तथा लता औषधि आदि उत्पन्न गरी आफ्नो प्रकाशद्वारा मनुष्य, पशु एवं स-साना किरा फट्याङ्ग्य आदि समेतलाई पोषित गर्दछन् ।
.
·
अन्न, आरोग्य प्रदायक सूर्य, शान्ति, अमृत तत्व प्रदायक चन्द्रमा प्रतिको श्रद्धा र भक्ति तथा जीवनका हरेक कर्ममा प्रभाव पार्ने, तिनमा उतारचढाव आउदा मानव जीवनमा प्रत्यक्ष असर पार्ने नवग्रहको उपासनाका कारण नेपाली मूर्तिकलाको भण्डार सूर्य, चन्द्र तथा नवग्रहका मूर्तिकलाले भरिएका छन् ।
हाम्रा पुर्खाले आफूले निर्माण गरेका मठ मन्दिर आदि वास्तुसंरचनालाई प्राकृतिक, भौतिक आदि विविध पक्षबाट तिनको सूर्य, चन्द्रमा तथा नवग्रहहरूले सदा रक्षा गरी रहुन् भन्ने उद्देश्यले तिनमा यिनलाई अङ्कित
गरेका हुन् ।
नेपाली झण्डामा अङ्कित चन्द्र र सूर्यले नेपाल सदा गतिशिल रही सृष्टिकालदेखि नै स्वतन्त्र रूपमा सर्वव्यापक रही विश्वसामु आफ्नो विजय र गौरवको ध्वजा सधैँ लहराउँदै आएको व्यक्त गर्दछ ।
हामी पनि सूर्यको वरणीय प्रकाशलाई निरन्तर धारण गर्दै सदा सूर्यजस्तै निरन्तर सत्कर्ममा लाग्न तथा चन्द्रमाको शितलता र अमृत तत्वरूपी गुणलाई मनन गर्दै आफ्ना गुणहरूलाई शुक्ल पक्षको चन्द्रमा जस्तै वृद्धि गर्न सकौं ।
Nepal Mandalaka Surya, Chandra ra Navagraha Murti – Bina Poudyal, Sndhya Khanal Parajuli
Nepal Mandalaka Surya, Chandra ra Navagraha Murti – Bina Poudyal, Sndhya Khanal Parajuli
नेपाल मण्डलका सूर्य, चन्द्र र नवग्रहका मूर्तिहरू– वीणा पौड्याल, सन्धया खनाल पराजुली
₨450
Availability: 2 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet