भोटसँग नेपालको सम्बन्ध इसाको सातौं शताब्दीदेखिको हो । मल्लकालमा त भोटमा नेपाली मुद्रा नै प्रचलनमा थियो । भोटको व्यापार नेपालीमा निर्भर थियो ।
विसं १९३९-४१ को नेपाल-भोट विवादपछि भोटका शासकहरू नेपालीहरूका सर्त मान्न मन्जुर भए । तर त्यससँगै परापूर्वकालदेखि एकछत्र रूपमा कायम आफ्नो व्यापार नेपालले संधैका लागि गुमाउनुपर्यो ।
आखिर विवादको चुरो के थियो ? नेपालले केकस्ता सर्त राखेको थियो ? यस पुस्तकले यावत् जानकारीहरू मात्र होइन, कूटनीतिक महत्त्व राख्ने थुप्रै कुरा पस्किएको छ ।
Nepal Bhot Bibad (BS 1939-1941) – Triratna Manandhar
Reviews
There are no reviews yet