वि.सं. २०२९ सालमा इलामको साविक नयाँबजार हाल माइजोगमाई गाउँपालिकामा जन्मिएका चेतनाथ आचार्य विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । एक दशकदेखि बेइजिङस्थित चिनियाँ मिडिया ग्रुप (CMG) नेपाली सेवामा विदेशी विशेषज्ञका रुपमा कार्यरत रहेका आचार्यले चीन बस्दा त्यहाँको संस्कृति, चालचलन,
चेतनाथ आचार्य भूगोल, पर्यटन, राजनीति, अर्थतन्त्र, समाज आदिका बारेमा कलम चलाउँदै आएका छन्। चीनबारे नेपाली सञ्चार माध्यममा नियमित • स्तम्भ ‘बेइजिङ डायरी’ मार्फत् गहन जानकारी दिँदै आएका आचार्यको यो सातौँ कृति हो । विभिन्न पत्रपत्रिका र अनलाइन मिडियामा उनका दर्जनौं लेख रचनाहरू प्रकाशित भएका छन् ।
चीनले यो शताब्दीको मध्यसम्म अत्याधुनिक विकसित मुलुक बन्ने लक्ष्य राखेको छ । चीनको उक्त नीति र मार्गनिर्देशनका बारेमा यस कृतिमा विश्लेषण गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासदेखि वर्तमानसम्मको सारांश खिच्दै चीनको विकास, नेतृत्व, गरिबी निवारण, चिनियाँ कृषि नीतिको गहन जानकारी प्रस्तुत गरिएको छ । नयाँ युगमा चीन प्रवेश गरेको कुरालाई चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनलाई नेपाली भाषामा अनुवाद गरेर प्रस्तुत गरिएको छ ।
Naya Yugma Chin – Chetnatha Acharya
Naya Yugma Chin – Chetnath Acharya
नयाँ युगमा चिन – चेतनाथ आचार्य
- Naya Yugma Chin
- Chetnatha Acharya
- Makalu Prakashan Griha
- Nepali
- 218 pages
₨499
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet