Mukttakma Samabet Shworharu – Surya Prasad Lakoju

मुक्तकम्मा सम्बेत स्वरारु – सूर्यप्रसाद लाकोजु

US$5

Availability: 5 in stock

SKU: Mukttakma Samabet Shworharu (RBD) Categories: , Tags: ,
पहिले पहिले कवि, साहित्यकार र साहित्यिक पत्रकारहरू थोरै हुन्थे, तर राम्रो लेख्थे, पाठक अनि श्रोताहरूको मन जित्थे। साहित्यकारहरूको समाजमा राम्रो प्रतिष्ठा पनि थियो । अहिले त्यो सम्झंदा कथा जस्तो लाग्छ । सच्चा दिलले साहित्यमा लागेर समाजको हीत सोच्ने साहित्यकार खोज्नु भनेको कोइला खानीमा हीरा खोज्ने काम जत्तिकै गाह्रो काम भएको छ । जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ भने झै कवि, मुक्तककार, नियात्राकार अनि समाजसेवी सूर्यप्रसाद लाकोजूको रचनात्मक सकृयता र सृजनात्मक जाँगर देख्दा अहिले खुसी लागिरहेछ।
परार साल मात्र यिनको एउटा मुक्तकसङ्ग्रह शाश्वत स्वरहरू पढेकै थिएँ । अहिले फेरि सूर्य लाकोजूले असंख्य मुक्तककारहरू समेटेर मुक्तकमा समवेत स्वरहरू पनि निकाल्दै रहेछन् । म एक मुक्तक-प्रेमी विद्यार्थी हुनुको नाताले सूर्य लाकोजूको यस पुनित कार्यको सराहना नगरिकन रहन सकिनं । आजको यो व्यवसायिक युगमा पनि साहित्य, कला संस्कृतिको विकासमा समर्पित सूर्य लाकोजू जस्ता व्यक्ति समाजले पाउनु भनेको पनौती र काभ्रेलीहरूको लागि मात्रै होइन, हामी नेपाली भाषा र साहित्यको उन्नयन भएको देख्न चाहने समस्त साहित्य-प्रेमीहरूको लागि हर्ष र प्रसन्नताको बिषय हो । सूर्य लाकोजलाई हार्दिक बधाई।

Mukttakma Samabet Shworharu – Surya Prasad Lakoju

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon