पुस्तकको बारेमा सन् २०१९ को रामोन म्यागासेसे पुरस्कार विजेता रवीश कुमारले टीआरपीको अन्धाधुन्ध दौडमा सामेल भारतीय मिडियाको चिरफारलाई निष्ठा र इमानदारीका साथ प्रस्तुत गरेका छन् । रवीश भारतमा विद्यमान सञ्चार क्षेत्र, सामाजिक सञ्जाल, प्रायोजित मिडिया लगायत राष्ट्रवादका कृत्रिम समस्याबारे आवाजविहीनको आवाज बनेका छन् । पछिल्लो बाहिरी पृष्ठबाट प्रस्तुत पुस्तकमा भारतीय राजनीति, पत्रकारिता, सिनेमा, धार्मिक विषयवस्तुबारे लेखकका सात थान तीखा, आलोचनात्मक र निबन्धात्मक टिप्पणी रहेका छन् । उनको पहिलो सरोकार प्रश्न गर्ने नागरिक उत्पादनमै छ । हरेक निबन्धमा आम मानिसको वास्तविक जीवनसँग जोडिएका समस्या उठाइएको छ । फर्जी समाचार, इतिहास र बहस छोडेर सत्यको गवेषणा गर्ने उनको प्रयास छ । उनले टीआरपीको अन्धाधुन्ध दौडमा सामेल भारतीय मिडियाको चिरफारलाई निष्ठा र इमानदारीका साथ प्रस्तुत गरेका छन् । भारतमा विद्यमान सञ्चार क्षेत्र, सामाजिक सञ्जाल, प्रायोजित मिडिया लगायत राष्ट्रवादका कृत्रिम समस्याबारे रवीश आवाजविहीनको आवाज बनेका छन् । |
Muktta Awaj – Rabisha Kumar
Reviews
There are no reviews yet.