देशका कुनाकन्दरा घुमेर आफूले भेटेका मान्छेबारे लेख्ने लेखक तथा पत्रकार मोहन मैनालीले यसपटक नेपाल र अंग्रेजबीच १८७१-७२ सालमा भएको भीषण लडाइँबारे लेखेका छन् । यसका लागि उनी त्यो लडाइँ लड़ी जान्ने, भोगी जान्ने र देखी जान्ने मानिसका बयानमा भर परेका छन् । । यस किताबका लागि जानकारी बटुल्ने क्रममा मैनालीले त्यो लडाइँ भइरहेका वेला दुवैतर्फका सिपाही र कमान्डरहरूले लेखेका चिठी खोतलेका छन्, जसमध्ये अधिकांश यसअघि प्रकाशन र सार्वजनिक पनि भएका छैनन् । राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्ममा अनि राता कपडाका पोकामा अनेक कागजपत्रका बीचमा कतै-कतै भेटिने, बीच-बीचमा पढ्न नमिल्ने गरी धुलिएका, नबुझिने भएका अनि अहिलेको भन्दा अलि फरक अक्षर, भाषा र शब्दमा लेखिएका ती चिठीका शब्द-शब्दका अर्थ बुझेर उनले त्यो लडाइँबारे अहिलेसम्म बाहिर नआएका कुरा बयान गरेका
छन् । यो किताब लेख्न उनले थाहा नभएका जानकारी खोज्ने पत्रकारको सीप, असाध्यै धेरै मानिसले तयार गरेका कागजपत्रको थुप्रोबाट आफूलाई चाहिएका जानकारी खोज्ने खोज पत्रकारको धैर्य र कठोर मेहनत तथा संकलन गरेका तथ्य सिर्जनशील ढंगले प्रस्तुत गर्ने फीचर लेखकको कला उपयोग गरेका छन् ।
Mukam Ranamaidan – Mohan Mainali
Reviews
There are no reviews yet